
योगेश आदिको स्वर र अभिनयमा ‘तिम्रो बजारमा’ (भिडियो सहित)
मकै हाउस मिडिया, बिर घर्ती मगर
न्युयोर्क । अमेरिकाको न्यूयोर्कलाई बिगत लामो समय देखि कर्मथलो बनाउदै आएका योगेश आदीले आफ्नै स्वर र अभिनयमा ‘तिम्रै बजारमा’ बोलको भिडियो सार्बजनिक गरेका छन् ।
५ दिन अगाडी मात्रै आदिले आफ्नै अफिसियल युट्यूब च्यानल मार्फत संगीत पारखी दर्शक तथा स्रोताहरू माझ उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। सो म्यूजिक भिडियोमा आदीकै शब्द, रचनामा संगीतकर्मी ओम कर्माचार्यले संगीत दिएका छन भने गीतको ग्राफिक डिजाइन अभिषेक कर्माचार्यले गरेका छन् ।
न्यूयोर्क सिटीको बिभिन्न रमणिय स्थलमा छायांकन गरिएको भिडियोको पोस्ट प्रोडक्सन न्यूयोर्ककै ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्सनबाट गरेको हो भने भिडियोको निर्देशन/सम्पादन तथा छायांकन ओम कर्माचार्यले गरेका हुन् ।

आदीले यसअघि सार्वजनिक गरेको ‘शाश्वत संसार’ नामक गीति एल्बमका गीतहरूलाई दर्शक तथा स्रोताहरूले एकदमै मन पराएका थिए । आदि गायक तथा कलाकार मात्रै नभई न्युयोर्कबाट संचालन हुने अनलाईन समाचार बिश्वन्युजका ब्यवस्थापक निर्देशक पनि हुन् ।