Banner

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पार्कर खेलाडी दिनेश सुनारको २० औं सफलता

 

मकै हाउस मिडिया, न्युयोर्क 

न्युयोर्क । पार्कर खेलाडी दिनेश सुनारले पार्कर र जिम्नास्टिक खेल अन्तरगत पर्ने “द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन 30 सेकेन्ड” बिधामा १४ पटक सम्म आँखा बन्द गरि आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टि हानेर नयाँ रेकर्ड थप गरेका छन् । यस बिधामा कम्तिमा १० पटक सम्मको मापदण्ड रहेको थियो ।


दिनेशले ७ डिसेम्बर २०२४ का दिनसिटि अफ एक्रोनवार्ड टु गभरमेन्टको आयोजनामा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमको अबसरमा विभिन्न फरक देशका ३०० भन्दा बढी दर्शकहरुको अगाडि रेकर्ड प्रस्तुत गरि उक्त रेकर्ड दाबी गिनिज बुकलाई पठाएका थिए।गिनिजबुक अफ वर्ल्ड रेकर्ड को हेडक्वाटर ले उक्त रेकर्डलाई आज (२० डिसेम्बर २०२५) रेकर्डको मान्यता दिएको हो। यस संगै दिनेश २०औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छ्न।

उक्त फेस्टिबल कार्यक्रममा मेक्सिको ,जर्मनी, ईन्डिया , अफ्रिका,पोल्यान्ड , आइरल्यान्ड,भुटान ,कोङ्गो,,इटाली,नेपाल, बर्मा,थाइल्यान्ड र अमेरिकाका सस्कृती तथा पहिचान झल्काउने नृत्य प्रदर्शन भएको थियो

मुल्यांकन गर्ने जज हरु: ओहायो राज्यको प्रतिनिधित्व गर्ने ब्यक्तिहरु Ms. Christine Wiedie Higham Council Member District 6, Mr. Jeff Wilhite Council Member District 4 थिए साथै मार्सल आर्टका प्रशिक्षक द्वय हर्क तिरुवा र कौशिला खनाल पनि जजको भुमिकामा थिए। त्यस्तै टाइम किपरमा मार्सल आर्ट खेलाडी निलम खनाल र सिटि अफ एक्रोन वार्ड टु काउन्सिल म्यान : Phil Lombardo थिए ।

यस रेकर्डको लागि Platinum प्रायोजक : Top shop Kathmandu का owner न्यूयोर्कको लोकप्रीय सामाजिक अभियन्ता लकेश श्रेष्ठ ।

मिडिया पार्टनरहरु- मकै हाउस मिडिया न्युयोर्क, अन्नपूर्ण पोस्ट ,हेल्लो अमेरिका, रुटिन अफ नेपाल बन्द(RONB),डिग्निटी पोस्ट , खसोखास अमेरिका ब्यूरो र  Akron Beacon Journal । 

सहयोगी हात र समर्थन गर्ने संस्थाहरू: Government of US Embassy Nepal Washington DC, City of Akron mayor, Ward 2 council member, Summit County of Ohio , GPK foundation INC America, Chapter, Hami Nepal Global, American Parkour Academy , World Freeruning Parkour Federation, NEPALESE AMERICAN LAW ENFORCEMENT ASSOCIATION , Bhutanese community association of Akron inc , Sunshine Taekwondo Academy, Law firm Chhetry & Associates, P C , Law firm Keshab Raj , Minority Empowerment Network , downtown Akron partnership, Digital bridges of Nepal , Gorkhali Sewa Samaj New York, A1 MoMo Restaurant , Business world Travel , united kirat Rai organization of America New York chapter ( UKROA) , Paranam Restaurant Astoria, New York, Nepali American Artist Association Inc New York, Social worker and volunteer Mr. Giriraj Panthi, Prem jewelry New York , Nepal Jewelry New York

 

दिनेशको यो सफलता १२ बर्ष अघि देखिको मेहनत र धैर्यता पछिको सफलता हो। उनी भन्छन “यो रेकर्ड प्रयास गर्न सुरुवात गरेको १२ भयो निरन्तर लागिरहे र आज सफल भएँ”।
दिनेश नयाँ पुस्ताहरुलाई पार्कर खेलमा अभिप्रेरित गरि खेलमार्फत देशकोनाम बिश्व सामु उचो पार्दै एक ज्वलन्त उदाहरण बन्न चाहन्छन् ।
साथै उनको यस अमेरिका मा राखेको रेकर्डले नेपाल र अमेरिकाबिचको सम्बन्ध मा पनि थप मजबुत बनाउन सहयोग गर्ने आशा गरेका छन।

भबिस्यमा अमेरिका र नेपालमा पार्कर ट्रेनिङ्ग दिन बिश्वस्तर मा उच्च तहमा आएका खेलाडी तथा कोचहरु उत्पादन गर्ने योजनामा पनि छ्न।

दिनेश सुनारको योगदान:

दिनेश सुनारले आफ्नो अद्वितीय प्रतिभा र समर्पणका माध्यमबाट देश र खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान दिएका छन्। उनले पार्कर खेलमार्फत युवाहरूलाई समाज परिवर्तनको प्रेरणा प्रदान गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

उनको मुख्य योजना नेपाल र अमेरिकामा पार्कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय खेलाडी र प्रशिक्षक उत्पादन गर्नु रहेको छ।

नेपाल-अमेरिका सम्बन्धमा योगदान:

दिनेश सुनारले आफ्नो प्रतिभाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उच्च स्थानमा पुर्‍याइरहेका छन्। उनले नेपाल र अमेरिकाबीचको सांस्कृतिक, कूटनीतिक, र खेलकुद सम्बन्धलाई सुमधुर बनाउन निरन्तर प्रयास गर्दै आइरहेका छन्।

पार्कर खेलको प्रवर्द्धनमार्फत उनले नेपाल र एक्रोन (अमेरिका) बीच आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै, नेपाली पहिचानलाई विश्वभर फैलाउने महत्त्वपूर्ण कार्य गरिरहेका छन्।

 

Loading...