
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को बार्षिक साधारण सभा सम्पन्न
मकै हाउस मिडिया,
न्यूयोर्क, जनवरी १८ , २०२५ – नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले आज न्यूयोर्कमा बार्षिक साधारण सभा सम्पन्न गरेका छन ।

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सॅधिय परिषदका सभामुख , उपसभामुख , फिप्नाका सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सल्लाहकार हरू , प्रत्रकार एवं अन्य अतिथीहरूको उपस्थिती रहेको थियो। भने कार्यक्रमको सञ्चालन फिप्नाका महासचिव दिपक चौधरीले गर्नु भएको थियो ।

कार्यक्रमको प्रारम्भ फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङ द्वारा स्वागत मन्तव्य दिएर गरियो। उहॅाले फिप्ना द्दारा गरिएका सम्पूर्ण कार्यक्रमहरू फिप्नामा आबद्द सदस्य सॅस्थाहरू , सल्लाहकारहरू र अन्य संघ सॅगठनहरू सॅगको समन्वय र सहयोग बाट सफल भएको कुरा राखेका थिए ।

त्यस्तै कार्यक्रममा बर्ष भरि भए गरेका प्रगति प्रतिबेदन फिप्नाका महासचिव दिपक चौंधरी र आर्थिक प्रतिबेदन कोषाध्यक्ष कृष्ण महर्जन र सह कोषाध्यक्ष धावा ल्होमु शेर्पा ले प्रस्तुत गर्नु भएको थियो ! साथै सो प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन साधारण सभा हलले पास समेत गरेको थियो । त्यसपछि फिप्नाका अध्यक्ष तोरण गुरुङले फिप्ना द्दारा २०२५ को भावि कार्य योजनालाई प्रस्तुत गर्दे सो बिषयमा व्यापक छलफल गरी निष्कर्शमा पुरयाईएको थियो । भने महिला उपाध्यक्ष ममता राईले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो ।


सो कार्यक्रममा फिप्ना द्दारा नेपालि कम्यूनिटीबाट उच्च ओहोदामा पुग्न सफल हुनु भएका डेमोक्रेटिक पार्टि डिस्ट्रीक ३७ का डिस्ट्रीक लिडर छेमाङ तामाङ , डेमोक्रेटिक पार्टि डिस्ट्रीक ३० का डिस्ट्रीक लिडर बिष्णु राना मगर र मार्शल आर्ट गोल्ड मेडलिस्ट भुपेन्न्द्र गुरुङ लाई फिप्नाका अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राई बाट सम्मान स्वरूप कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्ततिर बिधान कमिटीमा रहनु हुने कुलदिप राना मगर , टेक गुरुङ र उमा तामाङ बाट फिप्नाको बिधान संसोधनको बिषयमा कार्यसमितिले राखेको केहि बुदाहरूमा संघिय परिषदको रोहवरमा छलफल गरिएको थियो । सो छलफलको अन्तमा संघिय परिषदका सभामुख भारती राई बाट संसोधन गर्नु पर्ने बुदाहरूलाई पुन अर्को सघिय परिषदको बैठकबाट निष्कर्षमा लैजाने अभिब्यक्ति दिवु भएको थियो ।

कार्यक्रमको अन्तमा फिप्नाका अध्यक्ष तोरण गुरुङले सबै सहभागिहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।