
नेपाल डे परेडको संयोजकमा पहिलो पटक महिला, कस्ले के जिम्मेवारी पाए
मकै हाउस मिडिया, अक्कल तामाङ
न्यूयोर्क । नेपालको संस्कृति, पहिचान र एकताको प्रतीकका रूपमा न्यूयोर्क सहरमा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल डे परेड यस वर्ष २०२५ मे १८ मा मेन्हाटनमा आयोजना हुने भएको छ। विशेष कुरो के छ भने—यसपटक परेडको संयोजकमा पहिलोपटक महिला नेतृत्व चयन गरिएको छ।

मनिता गुरुङलाई संयोजक (Convener) चयन गर्दै न्यूयोर्कको टवानहलमा सम्पन्न विशेष बैठकले नेपाल डे परेड २०२५ को तयारी प्रारम्भ गरेको हो। बैठकमा सचिव राजु तामाङले कार्यक्रम सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य महिला उपाध्यक्ष लक्ष्मी थापाले दिएकी थिइन्। अध्यक्षता वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष छिरिङ शेर्पाले गर्नुभएको थियो।

सह-संयोजक (Co-Convener) मा चयन भएका व्यक्तित्वहरूः
१. सन्त बहादुर तामाङ — वरिष्ठ उपाध्यक्ष, तामाङ समाज अमेरिका
२. राजन गौली — अध्यक्ष, लङ्आईल्यान्ड नेपाली समाज
३. रिजवुड नेपाली सोसाईटी
४. दानसिंह बिष्ट — अध्यक्ष, सुदूरपश्चिम समाज अमेरिका
५. ओम विश्वकर्मा — अध्यक्ष, गोर्खा समाज अमेरिका
६. मनोज सिंह
अन्य संयोजक तथा जिम्मेवारीहरूः
• कृष्ण आचार्य — आर्थिक संयोजक
• लाइन्स बेगम पण्डित — आर्थिक विभाग उपप्रमुख
• चमेली परियार — प्रचारप्रसार संयोजक
• बासु लामिछाने — कार्यक्रम व्यवस्थापन प्रमुख
• लक्ष्मी थापा — समुदाय संयोजक
• रश्मि श्रेष्ठ — अतिथि सत्कार संयोजक
बैठकमा सहभागी सबै प्रतिनिधिहरूले नेपाल डे परेड २०२५ लाई भव्य, ऐतिहासिक र गौरवमय बनाउने अठोट व्यक्त गरेका थिए। यसैअनुसार विभिन्न उप-समितिहरू गठन गर्दै कार्ययोजना निर्माण गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

गैर-आवासीय नेपाली संघ (NRNA), न्यूयोर्क शाखा तथा अन्य नेपाली संघ–संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको यो परेडले प्रवासी नेपालीहरूको एकता, सांस्कृतिक पहिचान र देशप्रेमलाई उजागर गर्ने अपेक्षा गरिएको छ।