Banner

नेपाल डे परेडको तयारी : NYPD सँगको विशेष सुरक्षा समन्वय बैठक सम्पन्न

 

मकै हाउस मिडिया, राजु तामाङ

न्युयोर्क । “नेपाल डे परेड २०२५” को सफल आयोजना तथा जनसुरक्षाका लागि आज न्यूयोर्क सिटी प्रहरी विभाग (NYPD) र नेपाल डे परेड समिति बीच विशेष सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।

परेडको ऐतिहासिक महत्व, अपेक्षित भीड तथा न्यूयोर्क सहरका व्यस्त सडकलाई मध्यनजर गर्दै आयोजित उक्त बैठकमा परेड मार्ग, सडक बन्द हुने समय, सुरक्षाकर्मीहरूको तैनाथी, आपतकालीन योजना, स्वयंसेवकहरूको भूमिका लगायतका महत्वपूर्ण विषयमा छलफल भएको थियो।

NYPD का अधिकारीहरूले परेडको शान्तिपूर्ण र व्यवस्थित सञ्चालनका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्। साथै, विशेष अतिथि तथा विदेशी पाहुनाहरूको सुरक्षाका साथै भीड व्यवस्थापनमा थप सतर्कता अपनाइने जानकारी गराइएको छ।

नेपाल डे परेडका अध्यक्ष छिरिङ शेर्पाले यो वर्षको परेडलाई अझ भव्य र व्यवस्थित बनाउन सबै नेपाली समुदाय, स्वयंसेवक तथा स्थानीय प्रशासनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए।

परेडमा नेपाली संस्कृति, झाँकी, संगीत, नृत्य, राष्ट्रिय झण्डा प्रदर्शन सहित विविध कार्यक्रम रहनेछ।

 

 

 

Loading...