Banner

Tamang Society of North America द्वारा आपतकालीन तथा शैक्षिक कोष दुरुपयोगबारे खण्डन

 

मकै हाउस मिडिया, राजु तामाङ    

न्युयोर्क — हालै सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममार्फत Tamang Society of North America (TSNA) को आपतकालीन तथा विश्व तामाङ शैक्षिक कोषको दुरुपयोग गरिएको भन्नेबारे आएको समाचार प्रती संस्थाले गम्भीर ध्यानाकर्षण गराएको छ।

संस्थाले एक विज्ञप्ति जारी गर्दै भर्खरै प्रकाशित समाचार प्रती गम्भिर ध्यानार्कषण गरेको छ ।

संस्थाका अध्यक्ष मोहन वाईबाले हस्ताक्षरित विज्ञप्तिमा Tamang Society of North America ले सधैं वित्तीय पारदर्शिता, इमानदारी र उच्चतम व्यावसायिक आचारसंहिताको पालना गर्दै आएको र सबै निर्णय कार्यकारी समितिको बहुमतबाट मात्रै लिइने स्पष्ट पारिएको छ।

अध्यक्ष वाईबाले संस्थाको लक्ष्य र जिम्मेवारीप्रति संस्था सधैं कटिबद्ध रहेको भन्दै समुदायको निरन्तर समर्थनको कदर गर्ने बताउनु भएको छ।

थप जानकारीका लागि:
मोहन वाईबा — ७१८-७०९-६१७०

Loading...