
कोपा डेल रे कप २०२५ को उपाधी बार्सोलोनालाई
मकै हाउस मिडिया,
न्युयोर्क । कोपा डेल रे कप २०२५ (स्पेन कप)को उपाधी बार्सिलोनाले उचालेको छ ।
स्पेनको सेभिल्ला स्टेडियममा सम्पन्न कोपा डेल रे (स्पेन कप)कपको फाईनलमा चिरपरिचित प्रतिद्वन्द्धी रियल म्याड्रिडलाई ३-२ ले हराउदै उपाधी उचालेको हो ।
खेलको पहिलो हाल्फको २८ औ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाल्फमा १-० को अग्रता दिलाएका थिए । खेलको पहिलो हाल्फ बार्सिलोनाले पुर्णरुपले खेल आफ्नो पक्षमा पारेका थिए ।

भने, खेलको दोस्रो हाल्फमा रियल म्याड्रिड आफ्नो लयमा फर्कदै उत्कृष्ट प्रदर्शन गर्दै ७० औ मिनेटमा प्राप्त फ्रिकिकलाई एमबाप्पेले उत्कृष्ट गोल गर्दै खेलमा रियललाई बराबरीमा ल्याएका थिए । लगत्तै ७७ औ मिनेटमा कर्नर किकबाट आएको बललाई चुवमेनीले हेडर मार्फत गोल गर्दै खेलमा रियललाई २-१ को अग्रता दिलाए पनी खेलको ८४ औ मिनेटमा पेड्रिले दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । र ९० मिनेटको समाप्ती भएको थियो ।
९० मिनेटको खेल समाप्ती पश्चात अतिरिक्त समयको खेलमा रियलले बार्सिलोना माथी निरन्तर दवाब दिएपनी रक्षापंक्तीको कमजोरीका कारण ११६ औ मिनेटमा कुण्डे बल प्रहारले जाली चुमे पछी खेल ३-२ मा समाप्त भएका थिए ।