
“नेपाल डे परेड २०२५” का लागि नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कमा विशेष भेटघाट सम्पन्न
मकै हाउस मिडिया, राजु तामाङ‘
न्युयोर्क । नेपाल र नेपाली समुदायको गौरवशाली सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको नेपाल डे परेड २०२५ को सफलताका लागि आज न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा विशेष भेटघाट सम्पन्न भएको छ।

भेटघाटमा परेड स्टीयरिङ समिति र महावाणिज्य दूतावासका प्रतिनिधिहरूबीच कार्यक्रमको तयारी, समन्वय र सहयोग सम्बन्धी विभिन्न विषयमा सकारात्मक छलफल भयो। परेडलाई अझ भव्य, समावेशी र ऐतिहासिक बनाउन आपसी सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेपाल डे परेड २०२५ स्टीयरिङ समितिले महावाणिज्य दूतावासलाई आर्थिक तथा नैतिक सहयोगका लागि अनुरोध समेत गरेका थिए ।

भेटघाटमा उपस्थित सबैले नेपाली संस्कृति र एकताको सन्देश विश्वभर फैलाउन परेडलाई सफल बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।

आजको बिशेष बैठकमा का.वा. महावाणिज्यदुत चक्र बदादुर सुवेदीले उपस्थित परेड समितीका साथिहरुलाई सम्बोधन गर्दै भन्नु भयो :- “२०१६ देखि निरन्तर चल्दै आउदा देखि नै मैले नजिकबाट नियालिरहेको छु र निकै नजिक छु भौतिकरुपमा नरहे पनी, हाम्रो नेपाल डे परेड प्रतीको अघात मायालाई एसै मर्न दिनु दिदैनौ र राम्रो होईन, नेपाल डे परेड भनेको प्रवासभुमीमा नेपाल चिनाउने ठुलो भेन्यु (स्थान) हो, । र साथै हाम्रो तर्फ बाट हामीले सके जती सहयोग गर्छौ भनी प्रतिबध्दता पनी जनाउनु भयो ।