
स्टोरी टेलर साईग्रेस पोखरेलले आज न्युयोर्कलाई सुनाउदै
मकै हाउस मिडिया, सबिन चन्द ठकुरी
न्युयोर्क । बहु चर्चित स्टोरी टेलर साईग्रेस पोखरेलले आज न्युयोर्कलाई सुनाउने भएको छ ।

ड्रिम्स युनिभर्सल र फ्लाई नेपा ट्राभल्सको संयुक्त प्रस्तुतीमा आज मे २, २०२५ सॅाझ ६ः३० बजे देखी न्युयोर्कको क्विन्स स्थित द प्यालेस ( The Palace – 63-01 Roosevelt Avenue, woodside) मा ‘अब सुन्छ अमेरिका’ मार्फत बहु चर्चित स्टोरी टेलर साईग्रेस पोखरेलले स्टोरी सुनाउने भएको छ ।

उक्त “अब सुन्छ अमेरिका”को न्युयोर्क एडिसनमा मोडल/मिस कस्मोपोलिटन वर्ल्ड तथा कार्यक्रम प्रस्तोता प्रिया रानी लामाले कार्यक्रमको होस्ट गर्दैछिन् भने हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले पनी आफ्नो प्रस्तुती दिदैछन् ।