Banner

तामाङ सोसाइटी अफ अमेरिका (TSA) द्वारा नयाँ सल्लाहकार समिति गठन — समृद्धि र विकासतर्फ सशक्त कदम

 

मकै हाउस मिडिया, राजु तामाङ,न्यूयोर्क

न्यूयोर्क, मे २, २०२५ — तामाङ सोसाइटी अफ अमेरिका (TSA) को कार्यसमिति बैठकले २०२५–२०२७ कार्यकालका लागि नयाँ सल्लाहकार समिति गठन गरेको छ। सल्लाहकार समिति गठनसँगै TSA ले संस्थागत सुदृढीकरण, सामुदायिक समृद्धि र दीर्घकालीन लक्ष्यहरू प्राप्तिका लागि थप सशक्त पहलको संकेत दिएको छ।

बैठकमा प्रमुख सल्लाहकारका रूपमा बुद्धिमान तामाङ चयन हुनु भएको छ भने अन्य २६ जना विशिष्ट व्यक्तित्वहरूलाई विभिन्न संयोजन भूमिकासहित सल्लाहकारको जिम्मेवारी दिइएको छ। सल्लाहकारहरूमा विभिन्न पृष्ठभूमिका अनुभवी, समर्पित र समुदायप्रति उत्तरदायी व्यक्तिहरू समावेश गरिएका छन्।

गठित सल्लाहकार समिति यस प्रकार छ:
    1.    बुद्धिमान तामाङ – प्रमुख सल्लाहकार
    2.    सुवास लामा, राम तामाङ, इन्द्र तामाङ (TCBC संयोजक), भरत राज लामा, फुर्वा घिसिङ, सुर्य पाख्रिन, शान्ता थोकर, गोमा योञ्जन, सानु माया तामाङ, छेवाङ लामा, बाबु राम लामा, शम्भु मोक्तान, लुईसाङ वाइबा, लाल मान तामाङ, रतन कुमार लामा, भोज राज थोकर, रोज घिसिङ, मैया तामाङ, टेक मान तामाङ, सुनिता घिसिङ तामाङ, सृजना स्याङ्तान, दावा गोले (जोन लामा) – सल्लाहकार
    3.    अक्कल तामाङ – मिडिया संयोजक
    4.    खगेन्द्र जी.सी. – कानूनी सल्लाहकार
    5.    सजुन थोकर – युवा तथा खेलकुद संयोजक
    6.    पेमा याङ्चेन – बालबालिका तथा महिला विभाग संयोजक

TSA महासचिव चाँदनी लामाले नव नियुक्त सल्लाहकारज्यूहरूलाई शुभकामना व्यक्त गर्दै भन्नुभयो, “सल्लाहकार समिति हाम्रो समुदायको मार्गदर्शक शक्ति हो। तपाईंहरूको अनुभव, सुझाव र प्रतिबद्धता नै हाम्रो संस्था र तामाङ समुदायको समग्र प्रगतिका लागि अनमोल आधार हुनेछ।”

यो समिति TSA को आगामी परियोजनाहरू — विशेष गरी तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र (TCBC) को स्थापना लगायत विभिन्न सामाजिक, सांस्कृतिक तथा शिक्षा सम्बन्धी कार्यहरूलाई सशक्त बनाउने लक्ष्यका साथ अघि बढ्नेछ।

TSA ले सम्पूर्ण तामाङ समुदायको साथ, सहयोग र एकताको आह्वान गर्दै सबै सल्लाहकारज्यूहरूलाई पुन: हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

Loading...