
न्युयोर्कमा लोक दोहोरी सॅाझ – रामजी खॅाणको साथमा शुक्रबार हुने
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । भोली शुक्रबार न्युयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्ट एण्ड बारमा लोकप्रिय गायक रामजी खॅाणको दोहोरी सॅाझ हुने भएको छ ।

भोली में ९, शुक्रबार सॉझ ८ः०० बजेबाट न्युयोर्क, क्विन्स स्थित बाजेको सेकुवाको आयोजना र लाल शाहीको संयोजनमा बहुचर्चित लोक तथा दोहोरी गायक रामजी खॉणको सांगितिक प्रस्तुती हुने भएको छ ।

“लोक दोहोरी सॉझ- रामजी खॉणको साथ” सांगितीक कार्यक्रममा गायक खॉण संगै दशकौ देखि न्युयोर्कलाई कर्मभुमी बनाउदै आईरहकेा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु लोक तथा दोहोरी गायक बिमल डॉगी, लोक तथा दोहोरी गायिका निशा सुनार, लोक तथा दोहोरी गायिका संगिता थापा मगर र लोक तथा दोहोरी गायक मधुर गिरीको पनि बिशेष प्रस्तुती रहने छ ।