
पार्कर दिनेस सुनार अन्तर्राष्ट्रिय माउन्ट एभरेष्ट खाना महोत्सव २०२५ को राजदूत घोषित
मकै हाउस मिडिया,
न्यूयोर्क – यात्रा ग्रुप र खाना पर्यटन संघको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘एभरेस्ट बेस क्याम्प ट्रेक, माउन्ट एभरेष्ट ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ तथा सेभेन समिट अल्पाइन फुड फेस्टिवल’ आयोजना हुने भएको छ।

आज यात्रा ग्रुपको विशेष कार्यक्रममार्फत पार्कर दिनेस सुनारलाई अन्तर्राष्ट्रिय माउन्ट एभरेष्ट खाना महोत्सव २०२५ को राजदूत घोषणा गरिएको छ।

यो विशेष यात्रा खुम्बु उपत्यकाबाट हुँदै एभरेस्ट बेस क्याम्पसम्म पुर्याउँछ, जहाँ विश्वप्रसिद्ध सेफहरूले उच्च उचाइमा विशेष खाना तयार गर्नेछन्। सहभागीहरूले हिमालयको सुन्दर दृश्य, शेर्पा संस्कृतिको अनुभव र अद्वितीय पाककला चुनौतीको मज्जा लिन सक्नेछन्।

कार्यक्रम १९ अप्रिल २०२५ मा काठमाडौंमा नेपाली खाना स्वाद महोत्सवबाट सुरु हुनेछ, जसमा ३५+ देशका सेफहरू सहभागी हुनेछन्। २० अप्रिलमा नेपाल पर्यटन बोर्ड हलमा स्वागत तथा सम्मान समारोह आयोजना गरिनेछ। २१ अप्रिलमा एभरेस्ट बेस क्याम्प ट्रेक सुरु हुनेछ।
सुरक्षा हाम्रो प्राथमिकता हो। अनुभवी गाइड, पोर्टर, र चिकित्सा टोलीले सम्पूर्ण यात्रामा साथ दिनेछन् फुड गुरु सुरेश चन्द्र बस्नेतले आज भन्नुभयो ।