
नेपाल डे परेड २०२५ संयोजक मनिता गुरुङ संग १० विशेष प्रश्न
मकै हाउस मिडिया, राजु तामाङ
न्यूयोर्क । नेपाल डे परेड २०२५ को तयारी तिव्र गतिमा अघि बढिरहेका बेला, संचालन समितिका प्रमुख संयोजक मनिता गुरुङसँग गरिएको विशेष संवादमा परेडको उद्देश्य, चुनौती र प्रेरणामूलक पक्षहरू उजागर गरिएको छ।
यहाँ प्रस्तुत छ संयोजक गुरुङ सँग गरिएको १० प्रश्न र उत्तरहरूको सारांश:
१. नेपाल डे परेड किन आवश्यक छ?
– “हाम्रो संस्कृति, पहिचान र एकताको प्रदर्शन हो। नेपाली समुदायलाई प्रवासमा बाँध्ने माध्यम हो।”
२. २०२५ को परेड अघिल्ला वर्षभन्दा के फरक छ?
– “प्रदेश प्रतिनिधित्व, महिला नेतृत्व, पारदर्शिता र युवाको समावेशीकरण मुख्य विशेषता हो।”
३. प्रमुख चुनौतीहरू के-के छन्?
– “समय व्यवस्थापन, स्वयम्सेवी परिचालन र समुदायको सक्रिय सहभागिता मुख्य चुनौती हो।”
४. सबैभन्दा उत्साहजनक पक्ष के हो?
– “सयौं नेपालीहरूको सहयोग, समर्थन र गर्वका साथ अगाडि बढ्न पाउनु नै ठूलो प्रेरणा हो।”
५. युवाको भूमिका कस्तो छ?
– “युवा शक्ति नै हाम्रो ऊर्जा हो — मञ्च, मिडिया, व्यवस्थापनदेखि नेतृत्वसम्म युवाको अग्रणी भूमिका छ।”

६. सहयोगकर्ताहरूलाई के भन्नुहुन्छ?
– “हृदयदेखि आभार। तपाईंहरूकै साथले सम्भव भएको हो यो परेड।”
७. आर्थिक पारदर्शिता कसरी सुनिश्चित?
– “सबै सहयोग रकम सार्वजनिक रूपमा प्रकाशित गरिएको छ, पूर्ण पारदर्शिताका लागि प्रतिबद्ध छौं।”
८. संस्कृति संरक्षणमा परेडको योगदान?
– “परेडले हाम्रो संस्कृति नयाँ पुस्तासम्म पुर्याउँछ। यो हाम्रो सम्पदा हो, हाम्रो गौरव हो।”
९. नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ?
– “‘जहाँ नेपाली, त्यहीं नेपाल।’ आउनुहोस्, एकजुट भएर आफ्नो पहिचान बचाऔं।”
१०. तपाईँको व्यक्तिगत प्रेरणा?
– “देशप्रेम र समुदायप्रतिको समर्पण। हामी एक भयौं भने, कुनै पनि सपना असम्भव हुँदैन।”
मनिता गुरुङको नेतृत्वमा नेपाल डे परेड २०२५ यसपटक अझ भव्य, ऐतिहासिक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ।