
“फादर अफ नेपाल डे परेड” द्वारा लुईसांग वाईबा सम्मानित
मकै हाउस मिडिया,
न्युयोर्क । भर्खरै न्युयोर्कको म्यानह्याट्टनमा सम्पन्न “नेपाल डे परेड २०२५” मा नेपाल डे परेडका योजनाकार तथा संस्थापक लुईसांग वाईबा “फादर अफ नेपाल डे परेड” बाट सम्मानित भएका छन् ।

नेपाली कला, संस्कृती, धर्म, परम्परा, भेषभुशा, भाषा र पहिचानको प्रवासीभुमीमा जगेर्ना र यस्को स्थायित्वकरणको निमित्त गणतन्त्र दिवसको अवसरमा सन् २०१६ मा सुरुवात भएको नेपाल डे परेडको मुख्य योजनाकर्ता तथा संस्थापक लुईसांग वाईबा जस्ले निरन्तर २०१६ देखि नेपाल डे परेड २०२५ सम्म आईपुग्दा पुर्याएको योगदानको उच्च कदर गर्दै नेपाल डे परेड २०२५ को समितीले “फादर अफ नेपाल डे परेड” को उपाधीले उच्च सम्मान गरेको हो ।

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको “गणतन्त्र दिवस”को अमेरिकामै पहिलो पटक न्युयोर्क शहरमा २०१६ मा शुभारम्भ गरिएपछी, संयुक्त राज्य अमेरिकाको अन्य राज्यहरुमा पनी “नेपाल डे परेड” मनाउन थालिएको हो ।

२०१६ मा गणतन्त्र दिवसलाई प्रवासीभुमिमा मनाउने हेतुले सुरुवात गरेको नेपाल डे पेरडको वाईबा ऊबेला नेपाल आदिवासी जनजाती महासंघ, (फिप्ना) अमेरिकाका तत्काल अध्यक्ष हुनुहुन्थ्यो ।

वाईबाले फिप्नाको अध्यक्ष पश्चात न्युयोर्क हेल्थ एण्ड हस्पिटल्स/ एल्महर्स्ट हस्पिटलको चेयरम्यान (२०२१-२४) को रुपमा पनि सेवा पुर्याइसक्नु भएको छ ।