
फिप्नाको आयोजनामा न्युयोर्कमा “बृहत आदिवासी जनजाति सांस्कृतिक साँझ २०२५” हुदै
मकै हाउस मिडिया,
न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना), अमेरिकाको आयोजनमा न्युयोर्कमा “बृहत आदिवासी जनजाति सांस्कृतिक साँझ २०२५” हुने भएको छ ।
आफ्नो मौलिक संस्कृति र परम्परा मनाउने अद्वितीय साँझ
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले आयोजना गर्न गईरहेको “बृहत आदिवासी जनजाति सांस्कृतिक साँझ २०२५” मा सहभागी भइ नेपाली आदिवासी समुदायहरूको लोकनृत्य, लोकगीत र जातीय भेषभुषाहरू मार्फत समृद्ध पहिचानको उत्सव मनाउन समेत फिप्नाले आफ्नो अफिसियल सामाजिक संजाल फेसबुक मार्फत आव्हान गरेका छन् ।

फिप्नाले हुने कार्यक्रमको बिवरण सहित प्रस्तुत गर्दै मिती, समय र स्थानमा उक्त कार्यक्रम गर्न गईरहे जानकारी गराएका छन् ।
मिति: शुक्रबार, जुन २७, २०२५
स्थन: Gulshan Terrace, 59-15 37th Ave, Woodside, NY 11377
समय: बेलुकी ६:०० बजे
कार्यक्रमको विवरण:
🍹 स्वागत ककटेल
🍛 परम्परागत नेपाली भोजन
🎭 सांस्कृतिक नृत्य, लोकगीत तथा प्रस्तुति
🎁 शान्त निलामी कार्यक्रम (Silent Auction)
🎨 आकर्षक जातीय पहिरनहरू
