Banner

लोकप्रिय गायक रामजी खॅाड न्यूयोर्क राज्य सभा सदस्यद्वारा सम्मानित

 

मकै हाउस मिडिया, 

न्युयोर्क । लोकप्रिय गायक राम जी खॅाड न्यूयोर्क राज्य सभा सदस्य डेविड आईरा वेप्रिन द्वारा साईटेशनले सम्मानित भएका छन् । 

बहु लोकप्रिय गायक रामजी खॅाडले नेपाली कला, गित तथा संगितमा बिगत २ दशक देखि पुर्याएको योगदानको उच्च कदर गर्दै २०१० देखि क्वीन्सको जिल्ला २४ को प्रतिनिधित्व गर्दै न्यूयोर्क राज्य सभाका डेमोक्र्याटिक सदस्य डेबिड आईरा वेप्रिनले साईटेशन द्वारा सम्मान गरेको हो । 

गायक खॅाडका “फुल फुलेरै पयालै भयो”,” छितिज पारी”, “डालि नुग्यो” लगाएत दर्जनौ गितहरु हिट छन्, जस्लाई लाखौ लाख स्रोताले रुचाएका छन् । 

केहि दिन अघि न्युयोर्कमा आयोजित एक अवार्ड समारोहमा भाग लिन आएका गायक खॅाड केहि समय न्युयोर्कमा रहेको अवसर पारी नेप्लिज अमेरिकन कलाकार संघ, नर्थ अमोरिकाको पहलमा कलाकार संघको आफ्नै कार्यालयमा हिजो मे २५,२०२५ आईतबारका दिन गायक खॅाडलाई सम्मान गरेको हो । 

 

Loading...