Banner

“नेपाल डे ईन फेयरलन, न्युजर्सीको सम्पुर्ण तयारी पुरा, कार्यक्रममा उपस्थितीको लागी आयोजकको आग्रह

 

मकै हाउस मिडिया, 
न्यूजर्सीको फेयरलनमा, न्युजर्सीकै ईतिहासमा पहिलो पटक “नेपाल डे ईन फेयरलन, न्यूजर्सी”को आयोजना गर्न लागिएको हो । न्यूजर्सी, फेयरलन सिटी र विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा भोलि मे ३१,२०२५ शनिबारका दिन न्यूजर्सीको फेरलन शहरको मेमोरियल पुलको प्रांगणमा उक्त कार्यक्रम हुन लागिएको हो ।


कार्यक्रमलाई सफल बनाउन नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले बक्तव्य जारी गर्दै नेपाल डे मा सहभागि हुन डायस्पोराका सम्पूर्ण नेपालीलाई आव्हान गर्नु भएको छ । वक्तव्यमा भनिएको छ– ’हाम्रो पहिचान, कला, संस्कृति र सभ्यताको आफ्नै इतिहास र विरासत सगरमाथाजस्तै उँचो छ । यो गौरवशाली इतिहास र विरासतको सम्र्बद्धन नेपालमा मात्र नभई नेपालीहरु रहेका हरेक ठाँउबाट हुँदै आएको छ । जहाँ रहे पनि हामी नेपाली हौं । हामीलाई हाम्रो भाषा, संस्कृति, परम्परा र सभ्यता प्राण भन्दा पनि प्यारो छ ।’
ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ, अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपालसहित विभिन्न सामाजिक संघसंस्था र नेपाल सरकार पर्यटन प्रवद्र्धक, न्यूयोर्कको सहकार्यमा पहिलो पटक नेपाल डे हुन लागेको हो । कार्यक्रमले नेपालको मौलिक भेषभुषा, कला, संस्कृतिको प्रबद्र्धनसंगै नेपाल र अमेरिकाको सम्बन्धलाई जनस्तरमा पुर्याउन मद्दत गर्ने प्रवद्र्धक श्रेष्ठले दावी गर्नु भएको छ । कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्दै वक्तव्यमा भनिएको छ– ’कार्यक्रम सफल बनाउनु तपाईं–हामी सबै नेपालीको दायित्व हो । कार्यक्रममा सहभागिता जनाएर नेपाली एवं नेपाली मूलका अमेरिकी नागरिकहरुले अपनत्व महशुस गराउने ऐतिहासिक अवसर पनि हो ।’


उहाँले नेपाल डे परेडमा सम्पूर्ण नेपाली समुदायका महानुभावहरुलाई सहभागिताका लागि आव्हान गर्दै सवै मिलेर सगरमाथाको देश, बुद्ध जन्मेको पवित्र भूमि नेपाल र नेपालीको कला–संस्कृति विश्वभर फैलाउन र गौरवशाली विरासतको प्रबद्र्धनमा आ–आफ्नो तर्फबाट योगदान पु¥याउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता हुने आयोजकको दावी छ । त्यस्तै कार्यक्रममा नेपाली कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी समेत गरिनेछ । भोली शनिबार हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भैसकेको पनि कार्यक्रमका ३ प्रमुख ब्यक्तित्वहरु संजिव श्रेष्ठ, सतेन्द्र शाह र राजेन्द्र श्रेष्ठले जानकारी दिवुभएको छ । 

Loading...