
न्यूजर्सीको ‘नेपाल डे’मा फेयरलन सिटी मेयर द्वारा सामाजिक अभियन्ताहरु सम्मानित
मकै हाउस मिडिया,
न्युजर्सी । न्यूजर्सीको फ़ेयर लनमा पहिलो पटक “नेपाल डे” कार्यक्रम पुर्णरुपमा सम्पन्न भएको छ । गत शनिबार सम्पन्न भएको कार्यक्रममा यस वरपरका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
पहिलो नेपाल डे कार्यक्रम सम्पन्न भएपछि आयोजकहरुले प्रत्यक वर्ष यो कार्यक्रम गर्ने बताएका छन् । त्यसका लागि फेरलन सिटी सकारात्मक भएको र नेपाल डे कार्यक्रमका लागि छुट्टै संस्था निर्माण गरी अघि बढ्ने योजना रहेको नेपाल डे कार्यक्रमका निर्देशक सञ्जिव श्रेष्ठले जानकारी दिनुभयो ।


फेरलनमा नेपाल डे कार्यक्रमको परिकल्पनाकार समाजसेवी राजेन्द्र श्रेष्ठ, सञ्जिव श्रेष्ठ र सत्यन्द्र शाहको नेतृत्व र स्थानीय सामाजिक संघसंस्थाको सहकार्यमा कार्यक्रम सफल भएको हो । कार्यक्रमका लागि करिव १७ हजार डलर खर्च अनुमान गरिएको र त्यसका लागि विभिन्न व्यक्ति, संस्था र व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा फेरलन सिटीले नेपाल डे कार्यक्रमका निर्देशक सञ्जिव श्रेष्ठ, सत्यन्द्र शाह र राजेन्द्र श्रेष्ठलाई ’नेपाल डे”को नाममा प्रोक्लेमेशन प्रदान गरेको थियो ।
फेयर लन सिटी मेयर द्वारा न्युजर्सि नेपाली समाज मार्फत समाजमा सकारात्मक परिवर्तका निमित्त स्वयंसेवाको माध्ययमबाट उल्लेखनीय योगदान पुर्याएको उच्च कदर गर्दै सामाजिक अभियन्ता द्वय नेपाल डे कन्भेनर सत्यन्द्र शाह, नेपाल डे निर्देशक संजीव श्रेष्ठ, ग्रेटर जर्सी नेपाली समाजका अध्यक्ष महेश मल्ल, एनआरएन न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुंग, एनआरएन अमेरिकाका पूर्व आरसी समर बुढाथोकी, एनआरएन न्यूजर्सी च्याप्टरका पूर्व अध्यक्ष सूर्य तिवारी, न्यूजर्सी नेपाली समाजका अध्यक्ष कल्याण श्रेष्ठ, कलाकार कविना महर्जन, समाजसेवी राज अधिकारी र संचारकर्मी तथा मकै हाउस मीडियाकर्मियों संस्सिथापक बिक्की पुलामी (खडग ब. पुलामी) लाई प्रोक्लेमेशन द्वारा सम्मान गरेको थियो, उक्त प्रोक्लेमेशन फेयर लन सिटीका उपमेयर जस रिनिट्जले आफ्नो हातबाट हस्ताण्तरण गर्नु भएको थियो ।

कार्यक्रम सम्पन्न भएपछि नेपाल डे का अध्यक्ष राजेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले फेरलन सिटीका मेयर र उपमेयर, पार्क तथा रिक्रियसन विभाग, फेरलन प्रहरी, फेरलन चेम्बर अफ कमर्श र फेरलन सनराईज रोटरी क्लवलाई विशेष धन्यवाद दिनुभएको छ । त्यस्तै फेरलनको इन्डियन समुदाय र स्थानीयवासीलाई उहाँले धन्यवाद दिनुभएको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार संघ, अमेरिका, बसन्त डान्स सेन्टर, नेवाः समुदाय न्यूयोर्क एवं न्यूजर्सी, ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, फ्रेन्डस् अफ न्यूजर्सी, एनआरएन न्यूजर्सी च्याप्टर, हड्सन स्पीकस्, जनजाति महासंघ, वायने रोविन्स, डिजे जांवु शेर्पा, नर्थ जर्सी नेपाली समुदाय तथा अन्य व्यक्ति र समुदायलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।

त्यस्तै उहाँले कार्यक्रम सफल बनाउनका लागि आर्थिक सहयोगदाता तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । कार्यक्रमलाई उत्कृष्ट बनाउन महत्वपूर्ण योगदान गर्ने सञ्चारकर्मी विक्कि पुलामी र मिस नेपाल २०१२ सुवेक्षा खड्कालाई श्रेष्ठले धन्यवाद दिनुभएको छ ।