Banner

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना हुदै

मकै हाउस मिडिया, 

ईश्वरी न्यौपाने,सान् फ्रान्सिस्को (क्यालिफोर्निया)

सान् फ्रान्सिस्को (क्यालिफोर्निया) । नेपालीपन र संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देष्यलेअमेरिकाको सान् फ्रान्सिस्को शहरमा धार्मिक महोत्सव आयोजना गरिएको छ ।

नेपालीकोपुरानो संस्था नेपाली एशोशियसन अफ नर्दनक्यालिफोर्निया (नान्स) ले आगामी जुन ७ देखि१५ सम्म ९ दिने धार्मिक कार्यक्रम तय गरेको हो।

महोत्सवमा हिन्दु र बौद्ध धर्मका बिभिन्न पुजाहुने भएका छन् । श्रीमद देवीभागवत नवाह ज्ञानमहायज्ञ तथा  बौद्ध शान्ति पूजा मुख्य कार्यक्रमराखिएको छ । बाचन प्रविण पण्डित दिनबन्धुपोखरेलले ९ दिन नै भागवत बाचन गर्नु हुनेछ भनेबौद्ध गुरु तेन्जिङ्ग लामा शेर्पाले बौद्ध पूजासञ्चालन गर्नु हुनेछ ।

भागवत श्रवण गर्नेमात्र नभएर यसपटक सोहीमण्डपमा भक्तजनले निजी पुजा पनि गर्न पाउनेभएका छन् । पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रहशान्ति पूजा, लाख बत्ति पूजा गर्न सकिनेधामिर्क महोत्सव मूल आयोजक समितिकासंयोजक घनप्रसाद दवाडीले जानकारी दिनुभयो। ‘धेरैलाई बिभिन्न पूजा लगाउन मन हुन्छ, तरविदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलोछैन । त्यही भएर भागवतलाई बनेको मण्डपमासबै सर्दाम आयोजकले जुटाईदिने रभक्तजनहरु आएर पूजा गर्ने सुविधा गरिएकोहो’ दवाडीले भन्नुभयो । यी पूजाका लागितोकिएको शुल्क तिरेर अग्रिम दर्ता गर्नुपर्नेव्यवस्था गरिएको छ ।

महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ । ९दिनसम्म यज्ञमा राखेर हरेक दिन पुजिएकोकलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामाबोकेको कलशलाई अन्तिम दिन सम्बन्धितव्यक्तिलाई वितरण गरिने कार्यत्रम छ । यसकोलागि आयोजकले तोकेको पोशाकमामहिलाहरु क्लश बोकेर शोभा यात्रामा सहभागीहुनुपर्नेछ । नेपालबाट कलश र  एकै रङकासारी मगाइएको महोत्सवका सह–संयोजकतथा कलश यात्राकी संयोजक बिष्णु घलेलेजानकारी दिनुभयो ।

 

भागवतका लागि हुने नित्य पूजाको लागि पनिआयोजकका निश्चित मान्छे नभई जो कोहीकर्ता हुन पाउने गरी दर्ता खुला गरिएको छ ।‘पहिलो दर्ता गर्नेले पूजा गर्ने अवसर पाउनेछन्’संयोजक दवाडीले भन्नुभयो– ‘नान्स सामाजिकसंस्था भएकोले समुदायका सबैलाई अवसरदिनका लागि दर्ता परिपाटीबाट सबैलाई अवसरखुला गरिएको हो ।’ यसअघि सन् २०११ र सन्२०१८ पनि यहाँ महायज्ञ भएको थियो । तरत्यसमा भागवत वाचन मुख्य काम मात्र हुन्थ्यो ।यसपटक जस्तो धेरै पूजा र धेरै मानिस प्रत्यक्षपूजामा सहभागी हुन पाउने गरी आयोजनाभएको थिएन ।

 

संकलित रकम नेपाली कम्युनिटी सेण्टरलाई नान्सले गत नोभेम्वरमा नेपाली कम्युनिटीसेण्टरको भवन गरेको छ । यस क्षेत्रकामानिसले अभियान सुरु गरेको ४५ वर्षपछी यहाँभवन खरिदको काम भएको हो । भवनलाईशुद्धिकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्नपाउने गरी  महोत्सव आयोजना गरिएकोनान्सका अध्यक्ष प्रितेश कार्कीले बताउनुभयो ।यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिनेदानस्वरुपको रकम नेपाली कम्युनिटी सेण्टरकोलागि प्रयोग गरिने कार्कीको भनाई छ ।

नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमासो भवन खरिद गरेको हो । त्यसमध्ये १३ लाख१५ हजार डलर ऋण रहेको छ । संस्थालेयअघि २०२४ को अगष्टमा भवन किन्ने तयभएपछी ३ महिनामा ७ लाख रुपैयाँ संकलनगरेको थियो ।  १ लाख ५० हजार रुपैयाँ नगदऋण सापटी गरी ८ लाख ५५ हजार रुपैयाँभवनलाई नगद डाउन पेमेण्ट गरेको कार्कीलेजानकारी दिनुभयो । 

धर्म संस्कृति प्रबद्र्धन मुल उद्देषयसँगै भवनकोऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिकमहोत्वसको लक्ष्य रहेको कार्कीले बताउनुभयो ।यज्ञ सम्पन्न गर्नका लागि यहाँका संघ संस्था, नान्सका बोर्ड अफ ट्रष्टी, डोनरहरु समेटिएकोबृहद आयोजक समिति बनेको छ । जसकोसंयोजकमा घनप्रसाद दवाडी र सहसंयोजकहरुमा बिष्णु घले, पशुपती कँडेल, मुकुन्द दवाडी, केपी ढकाल, भीम थापा, लाक्पाशेर्पा रहनु भएको छ । त्यस्तै बोर्ड अफ ट्रष्टी रकेही समावसेवीहरु रहेको सल्लाहकार समितिबनाईएको छ । जसको संयोजकमा दिक्पालकेसी रहनु भएको छ । 

करिव १० हजार ८ सय वर्ग फिटको भवन छ ।सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जनाक्षमताको छ ।  २ सय सिटको क्याफ्टेरिया, ६वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४हजार वर्गफिटको पार्किङ लटमा १ सय १०भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।

 

Loading...