Banner

स्पेनलाई हराउदै पोर्चुगलले नेशन्स लिगको उपाधी उचालेको छ ।

 

मकै हाउस मिडिया, 

भर्खरै सम्पन्न यूईएफए नेशन्स लिगको फाईनलमा स्पेनलाई हराउदै पोर्चुगलले उपाधी जितेको छ । 

जर्मनीको एलिएन्ज एरिनामा सम्पन्न भएको यूईएफए फाईनल खेलमा स्पेनलाई हराउदै पोर्चुगलले उपाधी जितेको हो । खेलको पहिलो हाल्फमा स्पेनका जुबिमेन्डिले २१ औ मिनेटमा गोल गर्दा स्पेनले १-० को अग्रता बनाएका थिए । खेलको २६ औ मिनेटमा पोर्चुगलका मेन्डेसले गोल गर्दै खेल बरावरीमा ल्याएका थिए । तर खेलको ४५ औ मिनेटमा ओयीर्जाबालले गोल गर्दै स्पेनलाई पहिलो हाल्फमा २-१ अग्रता दिलाएका थिए । 

खेलको दोस्रो हाल्फको ६१ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ९० मिनेटको समाप्तीपछी खेल बरावरीमा टुंगिएपछी खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको खेलपनी गोल रहित भएपछी खेल पेनाल्टी तर्फ धकेलिएको थियो । पेनाल्टी गोलमा स्पेनको तर्फबाट मोराटाले गोल गर्न बाट चुकेपछी पोर्चुगलले खेल ५-३ ले जत्दै उपाधी उचालेको हो । 

Loading...