
टिकाभक्त फाउण्डेसन अमेरिकाको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न
मकै हाउस मिडिया,
न्यूयोर्क । समाजसेवी शंकर भण्डारीद्वारा आफ्ना दिवंगत माता टिकादेवी भण्डारी र पिता स्व. भक्तबहादुर भण्डारीप्रति श्रद्धाञ्जलीस्वरूप स्थापित “टिकाभक्त फाउण्डेसन USA Inc.” को औपचारिक उद्घाटन समारोह आइतवार, जुन ८ तारिखका दिन न्यूयोर्कमा भव्य रूपमा सम्पन्न भएको छ।
उद्घाटन समारोहमा न्यूयोर्क तथा वरपरका विभिन्न राज्यहरूबाट आइपुगेका समाजसेवी, बुद्धिजीवी, साहित्यकार, विधिवेत्ता, संघ–संस्थाका प्रतिनिधि, परिवारजन र मित्रवृन्दको उल्लेखनीय उपस्थिति रहेको थियो। संस्थाका महासचिव शंकर भण्डारीले कार्यक्रममा उपस्थिति जनाई संस्थाको उद्देश्यमा सहकार्य र सद्भाव प्रकट गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरे।

विशेष अतिथिका रूपमा तिलकप्रसाद रूवाली, बिमला बुर्लाकोटी रूवाली, नारायणदत्त शर्मा, लक्ष्मीदेवी शर्मा, महेश खड्का, श्याम पौडेल, सहकूल गिरी, टेकमान तामाङ, सुरेन्द्र सिंह बस्नेत, ईश्वरी थपलिया, सुमन बास्तोला, बासु लामिछाने, आर.बी. क्षेत्री, रश्मी भट्ट, टक रूवाली, पम्फा भण्डारी, टिकाराज ढकाल, एलिजाबेथ ढकाल, बसन्त चापागाईं, कुमार भण्डारी, डम्बर भण्डारी लगायत धेरै विशिष्ट व्यक्तित्वहरूको उपस्थिति तथा समर्थन रहेको थियो।

कार्यक्रमलाई झनै प्रेरणादायी बनाएको भने ९४ वर्षीय समाजसेवी नारायणदत्त उपाध्याय शर्माको अमूल्य उपस्थितिले हो, जसले समारोहलाई गरिमामय र हृदयस्पर्शी बनाएको थियो।
कार्यक्रमको अवसरमा नेपाल सरकारका तर्फबाट संयुक्त राष्ट्रसंघका सैनिक सल्लाहकार महासेनानी रोहित गुरूङ, समाजसेवी रामबहादुर भण्डारी, समाजसेवी बेदप्रसाद खरेल तथा बिश्वराज बास्तोलाबाट पठाइएका शुभकामना सन्देशहरू पनि प्रस्तुत गरियो।

कार्यक्रमको समापनमा संस्थाकी अध्यक्ष रुपा भण्डारीले टिकाभक्त फाउण्डेसन मानव सेवा र सामुदायिक सहकार्यका माध्यमबाट भावी पुस्तामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको जानकारी दिँदै कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गरिन्। साथै, उनले एकता, सद्भाव र साझा उत्तरदायित्वप्रति प्रतिवद्ध रही फाउण्डेसनले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरिन्।