
अमेरिकाबाट डिपोर्ट भएर नेपाल पुगेका ३७ जनाको पुर्ण बिवरण
मकै हाउस मिडिया,
न्युयोर्क । तल्लो बाटो हुँदै अवैधरूपमा अमेरिका प्रवेश गरेका ३७ जना नेपालीलाई गत आईतबार ओम्नी एयरलायन्सको ‘ओवाई३१४६’ उडान मार्फत काठमाडौं पुर्याइएको हो।
स्रोतका अनुसार अमेरिकाबाट निष्कासन भएका मध्ये ३२ जना पुरष र ५ महिला रहेका छन् । निष्कासनमा पर्नेमा वली थरका ३ जना, खत्री थरका २ जना, केसी थरका ४ जना, बस्नेत थरका २ जना, मगर ५ जना, परियार २ जना, बुढाथोकी २ जना, बोहोरा २ जना र घिसिङ, कुमाल, सुनार, शेर्पा, घोसाई, पगामी, घर्ती, भण्डारी, रिजाल, कँडेल, रावत, लामिछाने, हमाल र राई थरका एक-एक जना रहेका छन्।

स्रोतका अनुसार आइस प्रहरीले(इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट) ले केहिलाई सिमा क्षेत्रबाट पक्राउ गरेको हो भने केहीलाई गैर कानुनीरुपमा काम गरिरहेको स्थानबाट पक्राउ गरेका हुन्, पक्राउ पर्दा ३७ जनै नेपालीसँग पासपोर्टलगायतका महत्त्वपूर्ण कुनै पनी कागजात नरहेको समेत स्रोतले जानकारी दिएका छन् ।
पक्राउ पश्चात आइस प्रहरी बिभागले अमेरिकास्थित नेपाली दूतावाससँगको पहलमा ‘ट्राभल डकुमेन्ट’ बनाएर नेपाल फर्काएको हो ।