
वायर्न म्युनिखको १० गोल उपहार वकल्याण्ड सिटीलाई
मकै हाउस मिडिया,
न्युयोर्क । फिफा क्लब विश्वकप २०२५ को आज सम्पन्न दोस्रो खेलमा वायर्न म्युनिखले १० गोल उपहार दिएका छन् वकल्याण्ड सिटीलाई ।
फिफा क्लब विश्वकप २०२५ को दोस्रो खेल ओहोयो राज्यको सिन्सिनाटीमा इस्टर्न समय अनुसार १२ः०० बजे भएको थियो ।
जर्मनको क्लब वायर्न म्युनिख र न्युजिल्याण्डको क्लब वकल्याण्ड सिटीबिच भएको खेलमा वायर्न म्युनिखले वकल्याण्ड सिटीलाई १०-० गोल अन्तरले हराएको हो ।

वायर्नले १० गोल गर्दा खेलको पहिलो हाल्फको ६ मिनेटमै कोम्यानको गोल मार्फत अग्रता लिएको थियो, त्यसपछी कोम्यानले २१ औ मिनेट, बोईले १८ औ मीनेटमा, ओलाईसले २० औ र ४५+३ औ मिनेटमा र थोमस मुलरले ४५ औ मिनेटमा गोल गर्दै पहिलो हाल्फ ६-० को अग्रतामा सकिएको थियो भने खेलको दोस्रो हाल्फको ६७, ७३ र ८४ औ मिनेटमा मुसिएलाले ह्याट्रिक गरेका थिए भने । पुन: थोमस सुलरले ८९ औ मिनेटमा दोस्रो गोल गर्दै खेलमा १०-० को अग्रता लिदै वायर्न म्युनिखले खेल जितेको हो ।