Banner

न्युयोर्कमा “नेपाली फेसन एक्सप्रेसन” कार्यक्रम हुँदै, प्रशान्त ताम्राकार बिशेष आकर्षण

 

मकै हाउस मिडिया, 
ज्याक्सनहाईट्स, न्युयोर्क।नेपाल र नेपाली उत्पादन,भेसभुषा,कला,संस्कृति एवं प्रसिद्ध पर्यटकीय र धार्मिक स्थलहरुसमेत समेटेर एकै थलोमा जुन २८ शनिवार साँझ वृहत प्रदर्शनी एवं फेसन मेलाको आयोजना हुन गईरहेको छ।

विश्वकै फेसनहव मानीने अमेरीकास्थित न्युयोर्क शहरमा नेपालीहरुको आकर्षक केन्द्र मानीने ज्याक्सनहाईट्स स्थित ७४-१० ब्रोडवेमा अवस्थित न्यु लाईफ सिनीयर केयर सेन्टरको ह्वाईट हलमा सो कार्यक्रम भव्यताकासाथ सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी कार्यक्रमका संयोजक सुर्य सिंखडाले बताउनुभयो।त्यसैगरी नेपाल भिजन ईन्कका अध्यक्ष मोहन श्रेष्ठले उक्त कार्यक्रमले प्रवाशी नेपालीले नेपाल चिनाउन यो कार्यक्रमको महत्वपूर्ण भुमीका रहनेकुरा बताउनुभयो।


सो कार्यक्रममा चिरपरिचित फेसन कोरियोग्राफ़र तथा अभिनेता प्रशान्त ताम्राकारले एकै स्थलमा नेपालको समस्त फेसनको संगम उक्त कार्यक्रममार्फत आम दर्शक,श्रोता एवं संचारमाध्यम हुँदै विश्वभर फैलाउने र नेपाल र नेपालीलाई चिनाउने आफ्नो उद्देश्य रहेको कुरा प्रष्ट पार्नुभयो।

कार्यक्रम संयोजक सुर्य सिंखडाले न्युयोर्क र आसपासका आम जनसमुदायप्रती हार्दिक अपील गर्दै सो कार्यक्रममा व्यापक सहभागीता जनाई प्रवासबाट नेपाल चिनाउने यो अमुल्य मौका नगुमाउन र सबै नेपाली आमसमुदाय मिलेर भब्य र सभ्य रुपमा यो कार्यक्रम सफल पार्न हार्दिक अपिल गर्नुभयो।

 

 

Loading...