
अभियन्ता सतेन्द्र साहको एनआरएनए, एनसिसी अमेरिकाको अध्यक्ष पदका लागी उम्मेदवारी दिने तयारी, सदस्यता लिन आग्रह
मकै हाउस मिडिया,
न्युयोर्क । अभियन्ता सतेन्द्र साहले गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको २०२५-२७ कार्यकालको लागी अध्यक्ष पदका लागी उम्मेदवारी दिने तयारी गरेका छन् । साथै सम्पुर्ण अमेरिकावासी नेपालीमा सदस्यता लिन समेत अनुरोध गरेका छन् ।
बिगत २ दशक देखि संयुक्त राज्य अमेरिकालाई आफ्नो कर्मभुमी बनाउदै आएका साह स-परिवारै न्युयोर्क/न्युजर्सी बसोवास गर्छन् । साह अमेरिका आएदेखि नै नेपाली डाएस्पोरालाई हित हुने कार्यमा सदैव अग्रसर रही योगदान पुर्याउदै आएका एक सामाजिक योद्धा हुन् ।

गैर-आवासिय नेपाली संघ, अमेरिकाका निवर्तमान बोर्ड सदस्य समेत रहेका साह बिगतमा मधेसि एसोसिएसन ईन अमेरिकाका अध्यक्ष, रिजवुड नेपाली समाजका कोषाध्यक्ष, नेपाल डे परेड, न्युयोर्कका कन्भेनर र हालै न्युजर्सीको फेयरलनमा सम्पन्न नेपाल डे २०२५ का कन्भेनरको रुपमा समेत सामाजिक योगदान पुर्याईसकेका साहले २०१९ को कोरोना महामारीको समयमा समेत उल्लेखनिय योगदान पुर्यासकेका छन् ।

बिगत लामो समय देखि बिभिन्न नेपाली संघ-संस्था र एनआरएनए अमेरिकाको बिभिन्न पदमा रही योगदान र अनुभब बटुलेका साहले भने यस्पाली एनआरएनए एनसिसी, अमेरिकाको अध्यक्ष पदका लागी उम्मेदवारी दिने तयारी गरिरहेको मकै हाउस न्युजलाई जानकारी दिएका छन् । र साथै सदस्यता लिन पनि आग्रह गरेका छन् ।