Banner

मुक्तिनाथ धाममा स्व. मनसुन स्मृति डेक स्थापना

मकै हाउस मिडिया, सानफ्रान्सिस्को संवादाता
सानफ्रान्सिस्को। स्व. मनसुन पाण्डेको तेश्रो पुण्यस्थितिमा मुक्तिनाथ धाममा ‘ मनसुन पाण्डे स्मृति डेक’ स्थापना गरिएको छ । मन्दिर परिसरमा हालै एक विशेष कार्यक्रम बिच स्व. पाण्डेको सम्झनामा दीप प्रज्वलनका साथै मदरल्याण्ड नेपालका तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा हर्किलिस सिटीका काउन्सलर डिल्ली भट्टराई ओकल्याण्ड सिटी काउन्सलर जननी रामचन्द्रन र रिचमण्ड सिटी काउन्सलर सोहिला वानाले नेपाली समुदायमा पुऱ्याउने विभिन्न प्रकारका सहयोग पुऱ्याउने व्यक्तिहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा मनसुन स्मृति डेक निर्माणमा स्वमसेवक भएर कार्य गर्ने मुक्तिनाथ धामका गुरु शोभाकान्त ढकाल, समाजसेवी डम्बर वस्नेत, राजेन्द्र लोहनी र धन श्रेष्ठलाई सिटी काउन्सिलद्वारा सम्मान गरियो भने मदरल्याण्ड नेपालको तर्फबाट रविचन्द्र प्रजापति, मैंया प्रजापति, विवेश राउत, विनय दाहाल, हरि ओझा, सन्दिप भट्ट, जनकराज दूंगाना र भरत अधिकारी सम्मानित गरिएको थियो । 


कार्यक्रममा अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिने स्वयंसेवक गोल्डमेडल प्रेशा मानन्धर र साइमन थापाले प्राप्त गरे । कारभीगले सोभा बढाएको र कुलनरी आटीस् सेफ लक्षमण सापकेटालाई धन्यवाद व्यक्त गरे ।


मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले आफूले छोरीको सम्झनामा मन्दिर परिसरमा डेक स्थापना गरेको बताउँदै मदरल्याण्डले सामाजिक कार्यमा अहोरात्र खटिएर समाजसेवा गर्नेलाई सम्मान गरेको बताए ।

 

Loading...