Banner

मिस नेपाल नर्थ अमेरिका २०२५, बिभिन्न राज्यका १९ सुन्दरीले प्रतिष्पर्धा गर्दै

 

मकै हाउस मिडिया, 

न्युयोर्क । बिगत १ दशक देखि संयुक्त राज्य अमेरिकाको बिशेष गरी न्युयोर्क शहरमा हुदै आएको मिस नेपाल नर्थ अमेरिकाको २०२५ सिजनका १९ प्रतिष्पर्धीको नाम प्रकाशित भएको छ । 

ड्रिम्स युनिभर्सल एलएलसीको आयोजनामा हुदै आएको मिस नेपाल नर्थ अमेरिकामा २०२५ सिजनकालागी संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यका १९ सुन्दरीले भाग लिएका छन् । 

आगामी अगस्ट २,२०२५ का दिन न्युयोर्क, क्विन्स स्थित मेलरोज बलरुममा हुने मिस नेपाल नर्थ अमेरिका २०२५ मा १९ सुन्दरीले प्रतिष्पर्धा गर्ने भएको हो । बिभिन्न राज्यलाई प्रतिनिधित्व गरेका प्रतिष्पर्धीहरुको नाम र राज्य यस् प्रकार रहेका छन् । 

न्युयोर्क राज्यबाट अमिशा भण्डारी, हर सुवेदी, नविना लिम्बु र सरिता तामांग रहेकी छन् । भने पेन्सिलभेनिया राज्यबाट आर्या आचार्य, टेक्सस राज्यबाट आर्या कोईराला, कृष्मा सुवेदी, कुश्मिता खड्का, कुसुम तिमल्सिना, मुना बिष्ट, प्रतिमा श्रेष्ठ र स्नेहा उपाखेती, जर्जिया राज्यबाट बिना श्रेष्ठ, कोलोराडो राज्यबाट दिपा गुरुंग र मिंग्मा शेर्पा, न्युजर्सी राज्यबाट दिया श्रेष्ठ, भर्जिनिया राज्यबाट सब्बु बजिमाया, कनेक्टिकट राज्यबाट संस्कृती पाण्डेय र मिन्नेसोटा राज्यबाट सुस्जस्ता पौडेल रहेका छन् । 

मिस नेपाल नर्थ अमेरिका २०२५को ताज कस्ले पहरिनेछ त्यो हेर्न चाही अगस्ट २,२०२५ लाई नै पर्खनु पर्ने हुन्छ । 

 

Loading...