Banner

क्विन्स बुद्ध लायन्स क्लव, न्युयोर्कको अध्यक्षमा सोनु मल्ल

 

मकै हाउस मिडिया, 

न्युयोर्क । क्विन्स बुद्ध लायन्स क्लब, न्युयोर्कको अध्यक्ष पदमा लायन सोनु मल्ल चयन भएकी छन् । 

लायन्स क्लब्स ईन्टरनेशनल, डिस्ट्रिक्ट २०-के१ ब्रुक्लिन तथा क्विन्स अन्तर्गतको नेपालीहरुको नेतृत्वमा रहेको क्विन्स बुद्ध लायन्स क्लब, न्युयोर्कको २०२५-२६ कार्यकालका लागी लायन सोनु मल्ल चयन भएको हो । 

मल्लको नेतृत्वमा तत्काल पुर्ब अध्यक्ष चन्द्र नेपाली, एलसिआईएफ संयोजक, लायन बुद्ध पौडेल प्रथम उपाध्यक्ष, लायन सांगदोर्जी शेर्पा द्वितिय उपाध्यक्ष, लायन पुर्ण पाईजा मगर तृतिय उपाध्यक्ष, लायन दिपक राज घिमिरे, सचिव तथा जिल्लाका लागी रेज्नल चेयर, लायन रिमाया नेपाली कोषाध्यक्ष, लायन सुदिप श्रेष्ठ, मेम्बरशिप चेयर, लायन खडग (बिक्की) पुलामी, सर्भिस चेयर, लायन बेगम पंडित मार्केटिंग चेयर, लायन कृष्ण आचार्य, प्रशासन, लायन अर्जुन गौडेल लियो सल्लाहकार, लायन सुर्य लम्साल निर्देशक तथा लायन विष्णु राना मगर, निर्देशक पदमा सेवा पुर्याउन चयन भएको हो । 

जुलाई १,२०२५ बाट लायन सोनु मल्लले कार्यभार सम्हाल्नेछिन् । 

 

 

Loading...