
म्याग्दी समाज न्युर्योक को समर पिकनिक २०२५ कार्यक्रम सम्पन्न
मकै हाउस मिडिया,रामचन्द्र सापकोटा
न्युयोर्क । म्याग्दी समाज न्युर्योक अमेरीकाले विगतको वर्षहरुमा झै यस बर्ष पनी आफ्ना साथी भाई इष्ट मित्र विच भेटघाट दुख सुख साटासाट , आत्मीयता र भाइचारा लाई स्थायित्व राख्ने आफ्नो कला संस्कृतीको जर्गेना गर्ने उद्देश्यले समाजले हरेक वर्ष आयोजना गर्दै आएको समर पिकनिक यस बर्ष पनी न्युर्योकको क्विन्स स्थित कोरोना पार्कमा विविध कार्यक्रम गरी करीब ५०० जना म्याग्देली तथा गैरम्याग्देलीको सहभागीतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा समर पिकनिक २०२५ लाई सफल बनाउन सहयोग गर्ने सहयोगी दाताहरु , नव आगन्तुक म्याग्देली परिवार हरुलाई स्वागत , संस्थाका आजिवन सदस्य हरुलाई प्रमाणपत्र वितरण तथा महिला लठो प्रतियोगिता मा प्रथम हुने सल्लाहकार प्रेमा घर्ती मगर को टिम र छेलो प्रतियोगितामा प्रथम हुने बरंजा का कृष्ण रोका र द्धितीय देविस्थान का खगेन्द्र पुन लाई प्रमाण पत्र र नगद पुरात्कार सहित पुरस्कृत गरिएको थियो । भने साथै बरिष्ठ लोक तथा दोहोरी गायिका बिमा कुमारी दुरालाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष श्री तिर्थ घर्ती मगरको अध्यक्षता संस्थाका महासचिव चक बहादुर पाईजाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समर पिकनिक २०२५ का संयोजक तथा संस्थाका बरिष्ठ उपाध्यक्ष सोम बुढाथोकीको स्वागत मन्तव्य , मगर संघ अमेरीका केन्द्रका अध्यक्ष याम पुन मगर लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो ।


संस्था का अध्यक्ष घर्ती मगरले हाम्रो निमन्त्रणालाइ स्विकार गरेर उपस्थितीहुनु हुने सम्पूर्णलाई धन्यवाद र सदा झैं यस वर्ष पनि कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने मनकारी स्पोन्सरहरु,पदाधिकारी आयोजक साथीहरु,गर्मी नभनी पसीना बगाउँदै दिनभरि अहोरात्र खट्ने,स्वयंसेवकहरु,महिला स्वयंसेवकहरु ,समाजका आजीवन तथा साधारण सदस्यहरु ,पन्चे बाजा टोली,महिला लठ्ठो तान्ने तथा छेलो फ्याक्ने खेलाडी मित्रहरु,डिजे,भिडियो ग्राफर,फोटो ग्राफर,साना साना बाबु नानीहरु,अतिथि गण तथा गैरम्याग्देली हाम्रा ईष्टमित्रहरु सबैमा म्याग्दी समाज न्यूयोर्कको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि हार्दिक आभार प्रकट गर्नुको साथै आगामी दिनहरुमा पनि हजूरहरु सबैको माया ,साथ,सपोर्ट र हौसला अनि समर्थनको निमित्त धेरै धेरै अपेक्षाकृत छौं भन्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो ।