Banner

ईन्टरमिलानलाई हराउदै फ्लुमिनिज फिफा क्लब विश्वकप २०२५को क्वार्टरफाईनल प्रवेश

 

मकै हाउस मिडिया, 

न्युयोर्क । जारि फिफा क्लब विश्वकप २०२५को राउण्ड १६ को खेलमा ईन्टरमिलानलाई हराउदै फ्लुमिनिज क्लब क्वार्टरफाईनल प्रवेश गरेको छ । 

नर्थ क्यारोलिनाको बैंक अफ अमेरिका स्टेडियम भएको फिफा क्लब विश्कप २०२५ को राउण्ड १६ को खेलमा ईटली सिरिज ए को नम्बर वन क्लब तथा भर्खरै सम्पन्न यूईएफए च्याम्पियन्स लिगको उपविजेता टिम ईन्टरमिलानलाई हराउदै ब्राजिलिएन क्लब फ्लुमिनिज क्लब क्वार्टरफाईनल प्रवेश गरेको छ । 

खेलको ३ मिनेटमै फ्लुमिनिजका स्ट्राईकर कानोले गोल गर्दै खेलमा फ्लुमिनिजलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछी ९०-३ मीनेट खेल पुगिसक्दा पनी ईनेटरमिलानले बराबरी गोल फर्काउन नसकेपछी फ्लुमिनिजका तर्फबाट हर्कुलसले गोल गर्दै २-० को गोल अन्तर पार्दै जारी खेलमा ईन्टरमिलान माथि जित हात पारेको हो । 

 

Loading...