
के गालीका लागी योग्य हुन् त गायिकाद्वय समिक्षा र एलिना ?
मकै हाउस मिडिया, बिक्की पुलामी
न्युयोर्क । पछिल्ला समयकी निकै चर्चित गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानको सामाजिक संजालमा गरिने कमेन्टबारे अहिले निक्कै चर्चाको बिषय बनेको छ ।
किन बन्यो कमेन्ट चर्चाको बिषय ?
हाम्रा चेलिद्वय समिक्षा अधिकारी र एलिना चौहानले आफ्नो सामाजिक संजाल फेसबुकमा गरेका हरेक पोष्टको कमेन्टमा हेर्नै नसकिने र पढ्नै नसकिने अश्लिल शब्द प्रयोग गर्दै गालि गलौज ले भरिपुर्ण नकारात्मक कमेन्ट आउन थाले पछी चेलीद्वय अधिकारी र चौहानले उक्त नकारात्मक कमेन्टको स्क्रिनसट गरी कमेन्ट गर्नेको प्रोफाईल आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गर्नथाले पछी चर्चाको बिषय बन्यो । जस्लाई संसारभर छरियर रहेका नेपालीले उत्कृष्ट कार्य भनेर चेलीद्वयको समर्थनमा सामाजिक संजाल मार्फत समर्थन पनी जनाईरहेका छन् ।

के गालीका लागी योग्य हुन् त गायिकाद्वय समिक्षा र एलिना ?
पछिल्ला समयकी चर्चित गायिका हुन् समिक्षा र एलिना, त्यै पनी हाम्रो नेपाली समाजमा हामी जति नै सुकै आदर्शका कुरा गरेपनी नारीहरुको संघर्षका दिनमा सकारात्मकता भन्दा स्वार्थीपन र गिद्धे नजरको शिकार बन्नु परेको कैयन नलेखिएका घटनाहरु हाम्रो समाजमा छरपष्ट छन् । ति सबै बाधा, व्यावधान र हरेक चुनौति संग लड्दै, आफ्नो लक्ष्यबाट कति पनी बिचल्लित नहुदै यहॅा सम्म आईपुग्न सफल नामहरु कसरी आज अश्लिल शब्दको भागिदार बन्न सक्छन् ?
के यही हो हाम्रो चेलीहरुले गरेको प्रगतीको उपहार ?
के जहिले नारी मात्र गलत कुराको शिकार बन्नुपर्ने ?
के नारीले यो समाजमा आफ्नो पहिचान बनाउनै नपाउने हो र ?
के यि नारीहरुले आफुले चाहेको जिवन जिउनै नपाउने हो र ?
के यि नारीहरुले के देशको भलाई बिपरीत काम गरेको हो र ?
के यि नारीहरुले देशमा भ्रष्टचार गरी देशलाई दुर्गतीको मार्गमा पुर्याएको हो र ?
यदि हैन भने यि नारीहरु प्रती भएको हरेक अमर्यादित गतिबिधीहरु सामाजिक अपराध हुन् । एस्ता हरेक किसिमका अमर्यादित गतिबिधी गर्ने, अरुको चरित्र हत्या गर्ने र मान्छेलाई समाजमा खुशीसाथ बाच्नै गाह्रो बनाऊने हरेक तत्वहरुको बिरुद्धमा सरकारले कारवाहीको कदम उठाउन आवश्यक छ ।
केही समय पहिले एक जना युवाले अहिलेका सम्मानिय प्रधानमन्त्रीका बिषयमा आफ्नो असन्तुष्टी ब्यक्त सामाजिक संजाल मार्फत गर्दा उस्लाई जापानबाट झिकाई भविष्य नै अन्यौलमा पार्ने अवस्था बनेको थियो ।
गायिकाद्वयहरुको यो गम्भिर बिषयमा सरकारको तर्फबाट केही चासोको बिषय बन्न सक्छन् त ?
के फेरी फेरी नारीहरुको स्वतन्त्रता माथी हुने नकारात्म कमेन्ट माथि अंकुश लगाउन सहयोग गर्नेछन् त सरकारले ?
समिक्षा अधिकारी,
जस्ले सानै उमेरमा प्राप्त गरेको लोभलाग्दो उपलब्धीलाई स्विकार गर्न साटो उस्को बारे नकारात्मक टिप्पणी गर्न थाल्छौ ।
सानै उमेरमा कसैको प्रेममा पर्नु , साचो माया गर्नु र माया गर्ने मान्छेलाई प्राप्त गर्न खोज्नु, उस्ले के अपराध गर्यो र ? सामान्य व्यबहारिकतालाई नियाल्ने हो भने हामीले चाहेको र मन परेको कुरालाई प्राप्त गर्न जुनसुकै सम्मको प्रयत्न गर्छौ, हो त्यही नै गरेको हो समिक्षाले, के अपराध भयो र त्यहा ?
एलिना चौहान ,
संसारमा कोहीपनी मान्छे आफ्नो परिवार बिगार्न चाहन्दैन, पुरुष होस् महिला सबै जोड्न र आदर्श परिवार नै बनाउन चाहन्छन् तर दैवको लिला संग कोही पनी अछुत हुन सक्दैनन्, त्यसैको शिकार बनिन् एलिना के अपराध भयो र ?
कस्ले यहॉ ग्यारेन्टी गर्न सक्छ र आज हासि खुशी देखिएको परिवार भोली उस्तै रहन्छ भनेर, त्यसैले उखान नै छनी ‘दुखमा नआत्तिनु, सुखमा नमात्तिनु’ भनेर ।
निष्कर्षमा कता जादै छ हाम्रो समाज ?
अहिले समिक्षा र एलिनाले नकारात्मक कमेन्ट गर्नेहरु माथि जुन किसिमको कार्य गरेको छ, त्यो निकै नै स्वागतयोग्य छ, हामी कति सजिलै अरुको सामाजिक संजालमा हेर्नै नसकिने र पढ्नै गाह्रो लाग्ने शब्दहरु प्रयोग गर्दै कमेन्ट गर्छौ तर उस्लाई यो कुराको ज्ञात नभएको हुन सक्छ, आफुले गरेको त्यसतो गतिछाडा कमेन्टले अरुको चरित्र हैन बरु आफ्नै चरित्रमा भ्वांग पर्ने हो । अनी अश्लील शब्दहरु प्रयोग गर्दा सोहि शब्द उस्को परिवारको सदस्यले देख्लान् , दिदी बहिनी, छोरी चेलीले पढ्लान् र आफै प्रती आत्मग्लानीको शिकार बन्लान भन्ने कुराको ज्ञात नभएको हुन सक्छ । जुन शब्द आफुले प्रयोग गरेको छ सोही शब्द अरु कसैले आफ्नो आमा, दिदी बहिनी र छोरी चेलीलाई प्रयोग गर्यो भने कस्तो लाग्नेछ तपाईलाई ? त्यसैले कुनै पनी चेलीहरुको सामाजिक संजालमा गएर अश्लील शब्द प्रयोग गरी कमेन्ट गर्नु पुर्व १० चोटी सोच्नुहोला, आज तपाईं कसैलाई शिकार बनाउदै हुनुहुन्छ भने भोली कसैले तपाईलाई सिकार बनाउने छन् ।
अन्त्यमा, एलिना र समिक्षा तपाईहरु, तपाईरुको जिवनको मालिक हुनुहुन्छ, तपाईको जिवन तपाई कसरी जिउने भन्ने अधिकारको मालिक पनी तपाईहरु आफै हुनुहुन्छ, त्यसैले अरुले के सोच्छन भनेर जिवन जिउने हैन, आफु कसरी खुशी हुन सक्छौ भनेर जिवन जिउने हो , शुभकामना ।
बिक्की पुलामी, न्युयोर्क