Banner

जुभेन्टसलाई हराउदै रियल म्याड्रिड क्वार्टरफाईनलमा प्रवेश

 

मकै हाउस मिडिया, 

न्युयोर्क । जारि फिफा क्लब विश्वकप २०२५ को राउण्ड १६ को खेलमा जुभेन्ट्सलाई हराउदै रियल म्याड्रिड क्वार्टरफाईनल प्रवेश गरेको छ । 

फ्लोरिडाको हार्डरक स्टेडियममा सम्पन्न फिफा क्लब विश्वकप २०२५ को राउण्ड १६ को खेलमा जुभेन्ट्सलाई हराउदै रियल म्याड्रिड क्वार्टरफाईनल प्रवेश हो । खेलको पहिलो हाल्फ बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाल्फ ट्रेन्ट आर्नल्डले दिएको पासलाई सदुपयोग गर्दै हेडर मार्फत खेलको ५४ औ मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै रियललाई १-० को अग्रता दिलाएको थियो । त्यसपछी ९० मिनेटको खेल समाप्तीबाट कुनै पनी गोल हुन नसकेपछी रियल म्याड्रिडले जुभेन्टेसलाई १-० गोल अन्तरले हराउदै क्वार्टरफाईनल प्रवेश गरेको हो । 

 

Loading...