Banner

पोर्चुगिज स्टार डिएगो जोट्टाको कार दुर्घटनामा निधन

 

मकै हाउस मिडिया,

न्युयोर्क । पोर्चुगिज स्टार डिएगो जोट्टाको कार दुर्घटनामा परी गए राती १२ः३० बजे निधन भएको छ । 

स्पेनको स्थानिय समय अनुसार जुलाई ३,२०२५ राती १२ः३० बजे २८ बर्षिय पोर्चुगिज स्टार र लिभरपुलका मुख्य खेलाडी जिएगो जोट्टाको कार दुर्घटनामा निधन भएको हो । उनी संगै कार दुर्घटनामा उनका भाई आन्द्रे सिल्भाको मृत्यु भएको हो । उनका भाई २५ बर्षिय आन्द्रे सिल्भा बोआभिस्टा क्लबबाट ब्यवसायिक फुटबल खेल्थे । 

गए राती १२ः३० बजे जादा नर्थवेष्ट स्पेन, जामोरा, सेर्नाडिला नगरपालिकामा अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा टायर फुटेर दुर्घटना भएको आशंका गरिएको छ। 

 

Loading...