
डर्टमण्डलाई हराउदै रियल म्याड्रिड सेमिफाईनल प्रवेश
मकै हाउस मिडिया,
न्युयोर्क । जारि फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाईनल खेलमा डर्टमण्डलाई हराउदै रियल म्याड्रिड सेमिफाईनलमा प्रवेश गरेको छ ।
न्युजर्सीको मेटलाईफ स्टेडियममा समपन्न क्वार्टरफाईनलको अन्तिम खेलमा डर्टमण्डलाई हराउदै रियल म्याड्रिड सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको १० औ मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै १-० रियलले अग्रता लिएको थियो । त्यसपछी २० औ मीनेटमा फ्रान गार्सियाले गोल गर्दै खेलमा रियललाई २-० को अग्रता दिलाउदै पहिलो हाफ समाप्त भएको थियो ।

खेलको दोस्रो हाफको ९०+२ मिनेटमा बेयरले गोल गर्दै २-१ बनाएको थियो । लगत्तै ९०+४ मिनेटमा एम्बाप्पेले गोल गर्दै ३-१ बनाएपछी ९०+६ मिनेटमा हिजुनले डर्टमण्डको खेलाडीलाई डि-बक्स एरियामा लडाएपछी रातो कार्ड खादै हिजुनले मैदान छाडेपछी रियल १० खेलाडीमा सिमित भएको थियो । त्यसपछी पेनाल्टी मार्फत गोल गर्दै डर्टमण्डले २-३ बनाएको थियो । त्यसपछी तेस्रो गोल गर्नबाट चुकेपछी खेल रियलले ३-२ गोल अन्तरमा खेल जित्दै सैमिफाईनलमा प्रवेश गरेको हो ।