Banner

रियल म्याड्रिडको लज्जास्पद हार, पिएसजी पुगे फाईनलमा

 

मकै हाउस मिडिया, 

न्युयोर्क । जारी फिफा क्लब विश्वकप २०२५ को दोस्रो सेमिफाईनल खेलमा रियल म्याड्रिडले लज्जास्पद हार व्यहोरेको छ, पिएसजी पुगे फाईनलमा । 

न्युजर्सीको मेटलाईफ स्टेडियममा सम्पन्न फिफा क्लब विश्वकप २०२५ को दोस्रो सेमिफाईनल खेलमा रियल म्याड्रिडलाई ०-४ गोल अन्तरले पराजित गर्दै पिएसजी फाईनलमा प्रवेश गरेको छ । 

खेलको ६ मिनेट र ९ मिनेटमा गोलकिपर र रक्षापंक्तीको तालमेल नमिल्दा सोहि नमिलेको तालमेलको फाईदा उठाउदै पिएसजीका तर्फबाट ६ औमिनेटमा रुईज र ९ औ मिनेटमा डेम्बेलेले गोल गर्दा खेलको १० मिनेट नबित्दै २-० को अग्रता बनाएको थियो । पुनः रुईजले २४ औ मिनेटमा गोल गर्दै खेलो पहिलो हाफमा पिएसजीले ३-० को अग्रता बनाएको थियो । 

खेलको दोस्रो हाफमा रियल म्याड्रिडले केही राम्रा मौका बनाएपनी गोल गर्नबाट भने चुकेका थिए, खेलको पुरै समय पिएसजीले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलको ८४ औ मीनेटमा रामोसले गोल गरेपछी खेल पिएसजीले ४-० गोल अन्तरले जित्दै फाईनल प्रवेश गरेको हो । 

अब, फाईनलमा आगामी जुलाई १३ तारिकका दिन पिएसजीले चेल्सीसंग खेल्ने छ । 

 

Loading...