
उज्यालो अभियानका नायक कुलमान घिसिङसँग भेटघाट तथा अन्तरक्रिया – बोस्टनमा विशेष कार्यक्रम हुदै ।
मकै हाउस मिडिया, अक्कल तामाङ
न्यूयोर्क । बर्षौ देखी दैनिक १८ घण्टासम्मको लोडसेडिङ झेल्दै आएका नेपाली जनतालाई उज्यालो युगमा प्रवेश गराउन सफल, ऊर्जा परिवर्तनका अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अब अमेरिकामा रहेका नेपालीहरूसँग प्रत्यक्ष भेटघाट गर्न लाग्दैछन्।
“Meet and Greet with Kul Man Ghising” शीर्षकमा आयोजना गरिने यो कार्यक्रम Boston Tamang Samaj र Masala Restaurant को आयोजनामा Wakefield Boston Hotel & Conference Center (Four Points by Sheraton) मा हुन गइरहेको छ।
नेपाल विद्युत प्राधिकरणमा रहेर राष्ट्रव्यापी लोडसेडिङ अन्त्य गर्ने अभूतपूर्व सफलता हासिल गरेका घिसिङको यात्रा केवल एक प्रशासनिक नेतृत्वको कथा होइन, यो एउटा देशप्रेम, दूरदृष्टि, र निष्ठाको प्रेरणादायी गाथा भएकोले यो कार्यक्रमको विशेष महत्व देखिन्छ ।

उनले आर्थिक रूपमा घाटामा रहेको संस्थालाई नाफामा रूपान्तरण गर्दै, देशभर उज्यालो फैलाएका छन्। यस्ता व्यक्तित्वसँग साक्षात्कार गर्नु, अन्तरक्रिया गर्नु र प्रेरणा लिनु विदेशमा रहेका नेपालीहरूका लागि गर्वको विषय हुनेछ ।
यो कार्यक्रम Tukure Nepali Cuisine, Namaste Spice, र Aroma Delight जस्ता नेपाली र भारतीय रेस्टुरेन्टहरूको सहकार्यमा भइरहेको छ, जसले नेपाली समुदायको सहभागिता, सहकार्य, र पहिचानको सशक्त प्रतिबिम्ब प्रस्तुत हुनेछ ।

आयोजकले बोस्टन क्षेत्र वरपर रहेका सम्पूर्ण नेपालीहरूलाई यस ऐतिहासिक र सम्मानजनक कार्यक्रममा सहभागी भई कुलमान घिसिङज्यूको अनुभव, दृष्टिकोण र योगदान बारे प्रत्यक्ष सुन्न निमन्त्रणा गरेको छ ।
कार्यक्रमको विवरण :
मिति: July 30, Wednesday
समय: 5:30 PM – 8:30 PM
स्थान: Four Points by Sheraton, 1 Audubon Road, Wakefield, MA 01880
होस्ट: Kevin Shrestha
विशेषता: Free Tea, Snacks र सेलरोटीको स्वादिलो सेवा ।