
क्यालिफोर्नियामा एनआरएनए एनसिसी अमेरिका २०२५-२७ अध्यक्ष पदका प्रत्यासी सतेन्द्र साह संग “मिट एण्ड ग्रिट” सम्पन्न
मकै हाउस मिडिया, क्यालिफोर्निया संवादाता
क्यालिफोर्निया : गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका २०२५-२७ कार्यकालका अध्यक्ष पदका प्रत्याशी सतेन्द्र साहसंग क्यालिफोर्नियामा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए एनसिसी अमेरिका, क्यालिफोर्निया च्याप्टरको आयोजनमा सानफ्रान्सिस्को स्थित सगरमाथा रेष्टुरेण्टमा गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको २०२५-२७ कार्यकालका अध्यक्षपदका प्रत्याशी साहसँग ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्रत्यासी साह रहेको उक्क भेटघाट कार्यक्रममा अतिथिको रूपमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका संरक्षक दीक्षा बस्नेत, केन्द्रीय महिला उपाध्यक्ष सुनिता कँडेल आइसिसी सदस्य उत्तम कार्की, पूर्ण बानिया तथा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरिप्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी प्रतिनिधिहरूले आफूलाई परिचित गराउँदै शाहलाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय समाजसेवी राम थापा, राजेश थापा, सुजित सिंह, सुरेश हमाल, गोविन्द चलाउने, भरत वली, थलवीर ओली, विष्णु खत्री ,अतुल कककवर, अर्जुन शर्मा, गोपाल जिसी, किशोर श्रेष्ठ, तिलक बस्नेत , लिलामनी न्यौपाने, प्रेम मगर, हेमन्त पौडेल, मनोज ठगुन्ना सुन्दर मगर, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी सम्पूर्णलाई क्यालिफोर्निया च्याप्टरको तर्फबाट कोषाध्यक्ष तेजेन्द्र बरालले स्वागत गर्दै उपस्थितिको लागि आभार एवं कृतज्ञता व्यक्त गरे । कार्यक्रमका लागि सगरमाथा रेष्टुरेष्ट एवं चिया पानी र खानपानको व्यवस्थापनमा समाजसेवी सुजित सिंहले सहयोग गरेका थिए ।
अध्यक्षका प्रत्याशी साह विगत २० वर्षदेखि अमेरिकी नेपाली समाजमा उल्लेखनीय योगदान पुर्याएका एक सामाजिक व्यक्ति हुन् । उनले मधेसी एसोसिएसन ईन अमेरिकाको पूर्व अध्यक्ष, नेपाल डे परेड न्यु योर्क पूर्व कन्भेनर, न्युजर्सीको इतिहासमा पहिलो पटक सम्पन्न “नेपाल डे ईन फेयर लन, न्यु जर्सी २०२५” को कन्भेनर र गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका र अन्तर्राष्ट्रिय समन्वय परिषद्को विभिन्न पदमा रही सफलतापूर्वक आफ्नो उत्तरदायित्व पुरा गरिसकेका छन् । शाहले अध्यक्ष पदमा दिएको उम्मेदवारीलाई यिनै कारणहरूले गर्दा क्यालिफोर्नियावासी नेपालीहरूलाई समर्थनका लागि अनुरोध गरिरहेका छन् ।

कार्यक्रममा बोल्दै साहले गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निकालेको निर्वाचन तालिका अनुसार जनसमुदायलाई आग्रह गरेका छन् । ‘हजुरहरूले मप्रति देखाउनुभएको मायालाई यसपालि आस गर्दै हजुरहरूको मप्रतिको विश्वासलाई रति पनि डगमगाउन दिने छैन भन्ने अठोट गर्न चाहन्छु । यस पटकको निर्वाचनमा यहाँहरूले मलाई अत्यधिक मतका साथ विजयी गराई सेवा गर्ने मौका दिनुहुनेछ भन्ने कुरामा पूर्ण विश्वस्त छु’, उनले भनेका छन्, ‘एक थुकी सुकी, सयौँ थुकी नदी भने जस्तै हजुरहरूको एक–एक भोट नै मेरो जीतको आधार बन्ने छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । हजुरहरूको म प्रतिको आशा र भरोसालाई कति पनि डगमगाउन दिने छैन ।’

उम्मेदवार साहले थपे, ‘आफ्नो काम र कर्तव्य प्रति पूर्ण रूपमा बफादार भएर एउटा सिपाहीको रूपमा अबको दुई वर्ष गैर आवासीय नेपाली सङ्घमा केन्द्र र च्याप्टरहरूको विकास र समस्यालाई समाधान गर्दै अगाडी बढ्ने कुरामा विश्वास दिलाउन चाहन्छु ।’ उनले सबैको सुझाव अनुसार नै आफ्नो कार्यकालमा पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।