
नेपाललाई हराउदै बंगलादेशले साफ यू २० को उपाधी उचालेको छ ।
मकै हाउस मिडिया,
न्युयोर्क । बंगलागेशमा भर्खरै सम्पन्न महिला साफ अन्डर २० च्याम्पियनशिप २०२५ मा नेपाललाई हराउदै बंगलादेश उपाधी जितेको हो ।
बंगलागेशमा भर्खरै सम्पन्न महिला साफ अन्डर २० च्याम्पियनशिप २०२५ मा नेपाललाई बंगलादेशले ४-० गोल अन्तरले पराजित गर्दा बंगलादशकी मोसाम्मात सागोरिकाले ह्याट्रिक गरेकी थिंईन् ।

खेलको ८ औ मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा १-० को अग्रता दिलाएकी थिईन् ।
खेलको दोस्रो हाफमा पनी बंगलादेशले निरन्तर नेपाली टोलीलाई दवाबमा राख्दै ५२ औ र ५८ औ मिनेटमा गोल गर्दै सागोरिकाले ह्याट्रिक पुरा गरेकी थिईन् । भने खेलको ७२ औ मिनेटमा अर्को गोल बंगलादेशको तर्फबाट भएपछी खेल ४-० गोल अन्तरले जित्दै महिला साफ यू २० च्याम्पुयनशिप २०२५ को उपाधी बंगलादेशले जितेको हो ।
