Banner

सामाजिक सदभाव, सामुदायिक हकहित र साझा मुद्दामा सहकार्य गर्नेछु, शुष्मा कार्की

 

मकै हाउस मिडिया, 

न्युयोर्क । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, अमेरिका न्युयोर्क च्याप्टरको आगामी २०२५-२७ कार्यकालका लागी निर्बिरोध निर्वाचित भएकी च्याप्टरकी महिला उपाध्यक्ष शुष्मा कार्कीले सामाजिक सदभाव, सामुदायिक हकहित र साझा मुद्दामा सहकार्य गर्ने उदेश्य स्पष्ट पारेकी छिन् । 

बिवाद र अन्यौलता बिच अगाडी बढिरहेको गैर आवासिय नेपाली संघ, अमेरिका र च्याप्टरहरुमा एउटा समुहको चुनावी माहौल तातिरहेको अवस्थामा न्युयोर्क च्याप्टरमा महिला उपाध्यक्ष पदमा कार्की निर्विरोध निर्वाचित भएकी हुन् । उनी संगै कोषाध्यक्ष पदमा गौत्तम ढकाल, महिला संयोजक पदमा निशा ढुंगाना र बोर्ड सदस्यमा राजेश खत्री निर्विरोध भएका हुन् । भने सचिब र अध्यक्ष पदका लागी २-२ जना प्रतिष्पर्धी भएका कारण चुनावी परिणाम पछी मात्र टुंगो लाग्नेछ । 

कार्कीले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै  “सामाजिक सदभाव र सामुदायिक हकहितका लागि साझा मुद्दामा सहकार्य गर्ने उद्देश्यसहित एनआरएनए एनसीसी अमेरिका (NRNA NCC USA) न्यूयोर्क च्याप्टरमा आगामी कार्यकाल (२०२५-२०२७)का लागि सबै नेपाली समुदायको साथ, सहयोग र अमूल्य मत पाउने आशा र विश्वाससहित मैले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु | मलाई आफ्नो अमूल्य मतदान गरी दिनु हुन विनम्र अनुरोध गर्दछु। “ साझा मुद्धालाई उच्च प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता जनाएकी हुन् । 

न्युयोर्कमा केही सामाजिक संस्थाले स्थानिय सरकार तथा निकाय र सिटीबाट कोष प्राप्त गरी काम गरिरहेको छ, तर अहिले सम्म न्युयोर्क च्याप्टरले त्यो काम गर्न सकिरहेको छैन, त्यसैले स्थानिय सरकार, निकाय र सिटीबाट कोष लिन सकिने र सामाजिक काममा खर्च गर्न सकिने कार्यमा पनी मेरो प्रयास रहने छ, शुष्मा कार्कीले मकै हाउस न्यूजलाई बताएकी छिन् । 

 

Loading...