
गुटभन्दा माथि उठी, एनआरएनलाई साझा घर बनाउनु आजको आवश्यकता : सतेन्द्र साह, अध्यक्ष पदका प्रत्यासी,एनआरएनए एनसिसी, अमेरिका
मकै हाउस मिडिया,
न्युयोर्क । बिगत लामो समय देखि अमेरिकी नेपाली डायस्पोरामा आफ्नो अमुल्य योगदान पुर्याएका सतेन्द्र साहले यस् पटक गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, अमेरिका २०२५-२७ कार्यकालका लागी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दावी गरेका छन् ।
बिभिन्न एकता र समृद्धीका नारा बोकेका साहले अब एनआरएनमा गुट भन्दा माथी उठी एक हुनुको अर्को बिकल्प नरहेको बताएका छन् ।

हामीले नै हो गर्ने, हामीले नगरे कस्ले गर्छ र अहिले नगरे, कहिल्यै हुदैन त्यसैले यो समय भनेको कुरा भन्दा पनी कामको रहेको र त्यसको लागी आफु सक्षम रहेको समेत बताएका छन् ।
साहले आफ्नो उम्मेदवारी दावी संगै आफुले गर्ने कार्यलाई नारा बनाएर अहिले चुनावी मैदानमा संघर्ष गरिरहेका छन् ।
साहले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत अगस्ट १६-१७ मा हुने चुनावमा भोट गरी जिताउन समेत अपिल गरेका छन् । अपिल संगै साहका नाराहरु तल राखिएको छ ।

1. “एकता बिना समृद्धि सम्भव छैन — एनआरएन अब एक ढुक्का बनौं!”
2. “गुटभन्दा माथि उठौं, एनआरएनलाई साझा घर बनाऔं!”
3. “समावेशी नेतृत्व, साझा भविष्य – अबको आधार एकता!”
4. “युवादेखि वरिष्ठसम्म, सबैको सहभागिता – यही हो एनआरएनको शक्ति!”
5. “एनआरएनलाई बलियो बनाउन अब एकता अपरिहार्य छ!”
1. “हो, हामीले गर्न सक्छौं — किनभने परिवर्तन हामी आफैंबाट सुरु हुन्छ।”
2. “हाम्रो एकता, हाम्रो शक्ति — हो, हामीले गर्न सक्छौं!”
3. “युवाको जोश, अनुभवीको सोच — हो, हामीले गर्न सक्छौं!”
4. “समानता, समावेशिता र सम्मानको लागि — हो, हामीले गर्न सक्छौं!”
5. “नेतृत्व जब प्रतिबद्ध हुन्छ, हरेक चुनौती सम्भावना बन्छ — हो, हामीले गर्न सक्छौं!”
6. “NRN USA को नयाँ युग हाम्रो हातमा छ — हो, हामीले गर्न सक्छौं!”
