Banner

न्युयोर्कमा ख्यातिप्राप्त कलाकारहरुको साथमा कलाकार संघद्वारा ‘देउसि भैलो २०२५’ सांस्कृतिक कार्यक्रम हुँदै

 

मकै हाउस मिडिया,

न्यूयोर्क — नेपाली अमेरिकन कलाकार संघ (Nepali American Artist Association Inc.) द्वारा आयोजना गरिएको ‘Deusi Bhailo 2025’ नामक भव्य सांस्कृतिक साँझ अक्टोबर १९, २०२५ (आइतबार) का दिन White Hall, Jackson Heights, New York मा आयोजना हुने भएको छ।

तिहार पर्वको उल्लास मनाउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरू सहित अमेरिकामा रहेका चर्चित गायक, नृत्यांगना र कलाकारहरूको विशेष प्रस्तुति र तिहीर आयोजकले जनाएका छन्।

कार्यक्रम बेलुकी ७:०० बजे देखि राति २:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको होस्ट बिकी पुलामी रहने छन् भने संघकी अध्यक्ष बसन्ती राई को विशेष संयोजनमा आयोजना हुँदैछ।

आयोजक संघले न्यूयोर्क, लङ्ग आइल्याण्ड, न्युजर्सी तथा आसपास क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उक्त सांस्कृतिक साँझमा सहभागी भई तिहारको रमाइलो ‘देउसी–भैलो’ वातावरणलाई सँगै मनाउन हार्दिक निमन्त्रणा गरेको छ।

अक्टोबर १९, २०२५ (आइतबार)
स्थान: White Hall, 74-10 Broadway, 2nd Floor, Elmhurst, NY 11373

 बेलुकी ७:०० बजे देखि राति २:०० बजेसम्म

 

 

Loading...