Banner

न्युयोर्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा ‘बलिहाङ तङनाम’ आयोजना हुँदै, जगदिश समालको बिशेष प्रस्तुती रहने

 

मकै हाउस मिडिया,

न्युयोर्क, अमेरिका: किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो महत्वपूर्ण सांस्कृतिक पर्व ‘बलिहाङ तङनाम’ भव्यताका साथ आयोजना गर्ने भएको छ। लिम्बू समुदायको यो पौराणिक पर्वमा सांस्कृतिक कार्यक्रमहरूको विशेष प्रस्तुति रहनेछ।

कार्यक्रम विवरण:

मिति: आउँदो अक्टोबर २५, २०२५ (शनिबार)

समय: साँझ ७:०० बजे

स्थान: गुल्शन टेरेस (Gulshan Terrace), ५९-१५ ३७ औँ एभिन्यू, वुडसाइड (Woodside), न्युयोर्क ११३७७

कलाकारहरू:

यस सांस्कृतिक कार्यक्रममा चर्चित गायक जगदीश समालको विशेष प्रस्तुति रहनेछ। उहाँसँगै सञ्जना केरुङ, प्राची बिसुन्के लिम्बू, अलिशा लिम्बू, र नविना साम्बाहाम्फेले आफ्नो कला प्रदर्शन गर्नेछन्।

यो पर्व लिम्बू समुदायको संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। आयोजकले सम्पूर्ण कला र संस्कृतिप्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

 

 

Loading...