Banner

जनसम्पर्क समिती न्युयोर्क च्याप्टरको अध्यक्षमा दिनदयाल भण्डारी चयन

 

मकै हाउस मिडिया,

न्यूयोर्क — न्यूयोर्क च्याप्टरको अधिवेशनबाट दिनदयाल भण्डारी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा द्धयाम दवा फिन्जु शेर्पा र उमेश थापा, उपाध्यक्षमा भिमसेन श्रेष्ठ, सचिवमा सुभाष केसी, सहसचिवमा रमेश पाठक र विवेक अधिकारी तथा कोषाध्यक्षमा ललिता चन्द निर्विरोध चयन गरेको छ।

सुरुमा अध्यक्ष पदका लागि सात जनाले इच्छा जाहेर गरे पनि अन्त्यमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरिएको जनाइएको छ।

त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा अमन बागचन्द, लोकमणि न्यौपाने, महादत्त केंडल, टासी शेर्पा, सनबहादुर पुन, रामकुमार गिरि, पुर्वी शेर्पा र कृष्ण शर्मा रहेका छन्।

नवगठित कार्यसमितिले संगठनलाई थप सशक्त बनाउँदै समुदायको हितमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

Loading...