
नेपाल डे परेड २०२६ को कार्यसमितीले पूर्णता पायो
मकै हाउस मिडिया,
न्यूयोर्क — आगामी मे १७, २०२६ मा म्यानहट्टन, न्यूयोर्कमा हुने “नेपाल डे परेड २०२६” को तयारी तीव्र रूपमा अघि बढ्दै गर्दा यसको कार्यसमितीले पूर्णता पाएको छ। आयोजक समितिले विभिन्न जिम्मेवारीहरू बाँडफाँड गर्दै सम्पूर्ण संरचना सार्वजनिक गरेको हो।
परेडको अध्यक्षमा बासु लामिछाने चयन भएका छन् भने एपी. लामा शेर्पालाई कन्भेनरको जिम्मेवारी दिइएको छ। आर्थिक संयोजकको रूपमा कृष्ण लामिछाने नियुक्त भएका छन्। यसैगरी प्रमुख संरक्षकको रूपमा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क रहेको छ। भने संरक्षकहरुमा लुईसांग वाईबा, निमा शेर्पा, तेम्बा शेर्पा, रामहरी अधिकारी, आंग छिरिंग शेर्पा, हेमन्त मल्ल र छिरिंग शेर्पा रहेका छन् ।

मूल आयोजक समिति संयोजकमा अमित पाण्डे, कार्यक्रम व्यवस्थापन संयोजकमा रश्मी श्रेष्ठ, मिडिया संयोजकमा बेगम पण्डित, प्रचार–प्रसार संयोजकमा देवकी पन्त, मंच व्यबस्थापन संयोजकमा सफोल्क काउन्टी नेपाली समाज, अतिथी सत्कार संयोजकमा शान्ति जिरेल र रोशनी सिंह खड्का, समुदाय सम्पर्क संयोजकमा ओम बिश्वकर्मा, र्याली व्यवस्थापन संयोजकमा बलभद्र कठायत, सांस्कृतिक संयोजकमा बसन्ती राई, सवंयसेवक संयोजकमा हाम्रो पोखरा यूएसए, सिन्धु युएसए वेलफेयर सोसाईटी र राज वली, झाकि व्यवस्थापन संयोजकमा रैभान महरा, बिदेशी पाहुना संयोजकमा सोमनाथ घिमिरे, जमैका – रिजवुड क्षेत्र संयोजकमा पुष्कर खनाल रहेका छन् ।
यसैगरी को-कन्भेनरमा ध्रुव कुंवर क्षेत्री, मिलन शाही, दिपक भट्टराई, राजन गौली, राजु तामांग, चमेली खाती परियार, रैभान महरा, शंकर पौडैल, प्रदिप खड्का, सुर्य पौडेल र तुलसी आचार्य रहेका छन् ।

सल्लाहकार समितीमा मनिता गुरुंग, टक वहादुर रुवाली, दिनेश भण्डारी, कृष्ण आचार्य, बिनिता तामांग, नवराज केसी, मंगलदाश श्रेष्ठ, राजु रौनियार, लक्ष्मी थापा, ई. तेम्वा शेर्पा, आंग जांग्बु शेर्पा, श्यामकाजी गुरुंग, बिमला हमाल श्रेष्ठ, अम्बिर राज जोशी, रामचन्द्र अधिकारी, सुजन खनाल र बिक्की पुलामी रहेका छन् ।
यसैगरी, प्रदेश संयोजकहरू पनि तोकिएका छन्, जसमा कोशी प्रदेश संयोजकमा सुवाश केसी, मधेस प्रदेशमा कुन्दल प्रसाद साह, बाग्मती प्रदेशमा गोपी ढुंगाना, गण्डकी प्रदेशमा जिवनाथ कंडेल, लुम्बिनी प्रदेशमा पर्शुराम पन्थी, कर्णाली प्रदेशमा बिमल डॅागी र सुदूरपश्चिम प्रदेशमा नविन ओझा चयन गरेका छन् ।

