Banner

युईएफए च्याम्पियन्स लिग : बार्सिलोनालाई हराउँदै एट्लेटिको म्याड्रिड सेमिफाइनलमा

 

मकै हाउस मिडिया,

म्याड्रिड — एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई हराउदै समग्र नतिजामा पराजित गर्दै UEFA Champions League को सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा दुबै टोलीबीच भएको प्रतिस्पर्धात्मक खेलमा खेलको ४४औ मिनेटमा एट्लेटिको म्याड्रिडको खेलाडीलाई डि-बक्स बाहिर लडाएपछी कुरावार्सीले रातो कार्ड खादै मैदान छाडेपछी बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । र फउलको सदुपयोग गर्दै जुलिएन आल्भारेजले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेपछी खेलको पहिलो हाल्फमा टोलीलाई १-० को अग्रता दिलाएका थिए । पछी खेलको ७०औ मिनेटमा सोर्लाठले उत्कृष्ट गोल गरेपछी बार्सिलोना बिरुद्ध २-० को जित दर्ता गराएका थिए ।

आज एट्लेटिकोको घरेलु मैदानमा भएको दोस्रो लेगमा घरेलु टोली बिरुद्ध बार्सिलोनाले खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेका थिए, पहिलो हाल्फको ४ मिनेटमा लामिन यामालले गोल गर्दै १-० को अग्रता निकाल्दै सेमिफाईनसमा प्रवेश गर्ने आशा जगाएका थिए भने खेलको २४ औ मिनटे बार्सिलोनाकै फरान टोर्रेसले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाउदा अग्रेगेटमा खेल २-२ को बरावरीमा पुर्याउदै सेमिफाईनल प्रवेश गर्ने आशा झनै मजवुद बनाएका थिए ।

खेलको ३१औ मिनेटमा एट्लोटिकोको तर्फबाट लुकम्यानले उत्कृष्ट गोल गर्दा खेल १-२ मा पहिलो हाल्फ सकिएको थियो ।

दुवै टोली बिच कडा प्रतिष्पर्धा भएको थियो, खेलको ७९औ मिनेटमा बार्सिलोनाका गार्सियाले रातो रार्ड प्राप्त गरेर मैदान बाहिरिदा बार्सिलोना १० खेलाडीमा सिमित हुनुपरेको थियो, तर पनी निरन्तर एट्लेटिकोलाई दवाब दिदा पनी गोल गर्नबाट चुक्दा खेल २-१ले जित्दा पनी एग्रेगेट अनुसार खेल २-३ ले सुम्पदै ईएफसी च्याम्पियन्स लिगको क्वार्टर फाईनलबाट बाहिरिदा एट्लोटिको म्याड्रिडले सेमिफाईनल प्रवेश पाएको हो ।

 

Loading...