Banner

क्यालिफोर्निमा ४-५ बर्ष देखि घरबार बिहिन अवस्थामा रहेकी नेपाली बिधार्थी प्रमिलाको निधन

 

मकै हाउस मिडिया,

सान फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा विगत ४–५ वर्षदेखि घरबारबिहीन अवस्थामा नेपाली बिधार्थी प्रमिला त्रिपाठी भुर्तेल मृतावस्थामा फेला परेको छ ।

केही बर्ष पहिले अमेरिका बिधार्थी भिसा मार्फत आएकी उनी  बिगत ४-५ वर्षदेखि घरबारबिहीन अवस्थामा सडकको पेटीमा बस्दै आएकी थिईन् ।

एनआरएनए युएसए, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष समेत रहेका हरी ओझाले आफ्नो सामाजिक संजालमा लेख्दै भनेका छन् :

प्रमिलालाई आफूले १०–१५ दिन आफ्नै घरमा राखेको र रिह्याबका लागि प्रयास पनि गरेतापनी सफल हुन सकिएन ।

सान फ्रान्सिस्कोमा बसोबास गर्ने केही सामाजिक अभियन्ताहरुले उनीलाई सहयोग गर्ने पुर्ण प्रयास गरेता पनी आफै रिहाव सेन्टरमा बस्न स्विकार नगरेपछी रिहाव सेन्टरले बस्ने अनुमती नदिने र केही प्रयत्न गर्दा पनी सफल हुन नसकेको जनाईएको छ ।

Sharmila Poudel बहिनीले हरेक हप्ता सान फ्रान्सिस्कोमा गएर उनको खोजी गर्नुहुन्थ्यो (उनलाई फोन किनिदिनुहुन्थ्यो, खाना र चुरोटका लागि पैसा दिनुहुन्थ्यो र अरू पनि धेरै सहयोग गर्नुहुन्थ्यो)।
अब उनको मृत्यु भइसकेपछि अब हामी उनलाई कसरी राम्रोसँग बिदाइ गर्ने भनेर ध्यान केन्द्रित गरौं।
अहिलेको कुरा के हो भने, कहिलेकाहीं कुराहरू हामी सोचेजति नियन्त्रण गर्न सकिँदैन। अझै पनि सान फ्रान्सिस्कोमा २-३ जना नेपाली घरबारविहीन (homeless) छन्।

 

 

Loading...