
हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टरको नयॅा समिती गठन
मकै हाउस मिडिया,
न्युयोर्क । हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टरको नयॅा कार्यसमिती गठन भएको छ ।
गत अप्रिल १८, २०२६ शनिबार सॅाझ न्युयोर्कको क्विन्स स्थित ज्याक्सन हाईट्समा हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाको प्रमुख आतिथ्यतामा न्युयोर्क च्याप्टरले नया कार्यसमिती पाएको छ ।

नयॅा कार्यसमितीको अध्यक्षमा आदिप तामांग र तामांगको नेतृत्वमा प्रमुख सल्लाहकारमा च्याप्टरका निबर्तमान अध्यक्ष बिरेन्द्र जंग केसी, प्रथम उपाध्यक्ष पदमा लक्ष्मी कार्की थापा, दोस्रो उपाध्यक्षमा कुमार बोम्जन, महासचिब पदमा बिरेन्द्र गिरी, सचिब पदमा सुरज सुवेदी, कोषाध्यक्ष पदमा निशा खरेल, सह-कोषाध्यक्ष पदमा पेमा दोर्जे लामा चयन भएका छन् ।

कार्यसमिती सदस्यमा जस कुमार राई, अमर अनुराग श्रेष्ठ, निम्सोना शेर्पा, सांगे मोक्तान, राम गिरी र दिनेश सुनार चयन भएका छन् । भने समितीको बिभिन्न बिभागमा संयोजकहरु पनी चयन गर्ने क्रममा चलचित्र बिभागमा राजेश शिवाकोटी, मेडिया संयोजकमा सम्राट कार्की, कलाकार बिभागमा महादेव त्रिपाठी, युवा संयोजकमा डा. बिरेन्द्र यादव, खेलकुद बिभागमा छिरिंग शेर्पा र महिला संयोजकमा नोरा छिरिंग लामालाई चयन गरेको हो ।

