
क्यालिफोर्नियामा घरबिहिन अवस्थामा रहेका सुनिल गिरीको उद्दार गरिएको छ ।
मकै हाउस मिडिया,
क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रांसिस्को शहरमा केही महिना देखि घरबार बिहिन अवस्थामा सडकमै समय बिताईरहेका सुनिल गिरीको आज अप्रिल २६ का दिन उद्दार गरिएको छ ।
क्यालिफोर्निया, सान डिएगो निवासी गोपाल योगी र मनिता योगीले सान डिएगोबाट सान फ्रान्सिस्को गई सुनिलको उद्दार गरेको हो ।
सुनिललाई तीन दिनसम्म सान फ्रान्सिस्कोको सडकमा खोजि गरेपछी सुनिलका पत्ता लागेको हो, उनको पत्ता लागेपछी गोपाल योगी र मनिता योगीले सुनिललाई आफूसँगै सान डियागो लिएर गएको हो, प्राप्त जानकारी अनुसार सुनिललाई योगीका परिवारले आफुहरु संगै राख्ने र उनको स्वास्थ्य सुधारका लागि सहयोग पुर्याउने भएको छ ।
सुनिल गिरी नेपाल घर रुकुम पश्चिम चौरजहारि नगरपालिकाका स्थायी निवासी हुन् केही समय देखि कालिफोर्नियाको सान फ्रांसिस्को शहरमा घरबिहिन अवस्थामा जिवन बिताउदै आईरहेका थिए ।

