
फिप्ना द्वारा २५७० बुद्ध जयन्तीको अवसरमा ‘बिचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न
मकै हाउस मिडिया,
न्यूयोर्क, अमेरिका — नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को आयोजनामा २५७०औं बुद्ध जयन्ती कार्यक्रम गत मे २, शनिबारको दिन एल्महर्स्टस्थित फिप्नाको कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा महासंघका अध्यक्ष ए.पी. लामा शेर्पाको सभापतित्व रहेको थियो, भने नेपाली महावाणिज्य दूतावासको कार्यालय न्यूयोर्कका महावाणिज्यदुत दधिराम भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने धर्मगुरु गिर्मे छोटक, एन.आर.एन.ए., एन. सि.सी. अमेरिकाका अध्यक्ष सतेन्द्र साह विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।

फिप्ना महासचिब सुमन थाम्सुहाङले औपचारिकता गरेका कार्यक्रममा वक्ताहरूले वर्तमान विश्व परिवेशमा भगवान बुद्धका शान्ति, करुणा र सहअस्तित्वका सन्देश अझ बढी सान्दर्भिक रहेको उल्लेख गर्दै बुद्धको मार्गदर्शन र ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।
आगामी वर्षहरूमा यो कार्यक्रम अन्य संघसंस्था, एनआरएनए तथा नेपाली दूतावाससँग सहकार्य गर्दै अझ भव्य रूपमा आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
वक्ताहरूले भगवान बुद्ध नेपालमा जन्मिएको गौरवपूर्ण तथ्यलाई विश्वभर व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाललाई बौद्ध धर्म तथा हिन्दू धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके देशले ठूलो आर्थिक लाभ लिन सक्ने धारणा राखे। प्रमुख अतिथि दधिराम भण्डारीले यस्ता राष्ट्रिय तथा सांस्कृतिक महत्वका कार्यक्रममा आफ्नो निरन्तर साथ, सहयोग र सहभागिता रहने विश्वास दिलाउनुभयो।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्ध धर्मावलम्बी, नेपाली समुदायका अगुवा तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा एक वक्ताले प्रवासमा रहे पनि राष्ट्रिय महत्वका दिवसहरू निर्धारित मितिमै मनाउँदा यसको विशेष महत्व रहने बताउनुभयो। अन्तमा फिप्नाको अध्यक्ष सम्पूर्णको बिचार सल्लाह सुझावलाई मध्येनजर राख्दै आगामी बर्षदेखि फिप्नाले बुद्ध जयन्ती र शान्ति परेडको आयोजना गर्ने फिप्नाको अध्यक्षलो घोषणा गरेको् छ । साथै न्यूयोर्क डिस्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर उम्मेदवार सोमनाथ घिमिरेलाई डेमोक्रेटिक पार्टीको आगामी प्राथमिक चुनावमा पहिलो श्रेणीमा नाम दर्ता गराउन सफल भएकोमा अध्यक्षले अग्रिम बधाई दिनु भएको थियो। सो अवसरमा उम्मेदवार घिमिरेले आफू निर्वाचित भएमा बुद्ध जयन्ती दिवसलाई स्टेट स्तरमा चिनाउने अभियानमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अन्तमा अध्यक्षले शान्तिको दूत गौतम बुद्ध को उपदेश र मार्गदर्शन को मर्मभित्र रहेर हिंसा नगर्ने, चोरी नगर्ने, ब्य विचार, झुट नबोल्ने,मादक पदार्थ सेवन नगर्ने, सामान्य पञ्चशीललाई मात्रै हाम्रो जीवनमा प्रयोग गर्न सकेमा हाम्रो जीवन सुखमय रहने बताउनु भयो र शान्तिको दूत बुद्धको मार्गदर्शनलाई विश्वसामु चिनाउनु र विश्वमा शान्ति फैलाउनु तपाईँ हाम्रो उत्तरदायित्व रहेको पनि बताउँदै सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो र बिचार गोष्ठीबाट दिएका सम्पुर्णको महत्वपूर्ण सल्लाह सुझावलाई मध्येनजर राख्दै आगामी बर्षदेखि फिप्नाले बुद्ध जयन्ती र शान्ति परेडको आयोजना गर्ने फिप्नाको अध्यक्षलो घोषणा गरेको् छ ।


