
न्युयोर्क सिटीद्वारा मे १७ लाई ‘नेपाली हेरिटेज डे’ घोषणाबारे, आयोजक पक्षको आपत्ती
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । “न्युयोर्क सिटीद्वारा मे १७ लाई ‘नेपाली हेरिटेज डे’ घोषणा” न्युयोर्क सिटीले मे १७, २०२६ लाई आधिकारिक रूपमा “नेपाली हेरिटेज डे” घोषणा गरेको छ । शिर्षकमा गत मे १८, २०२६ सोमबारका दिन हामी (मकैहाउसन्युज.कम)ले समाचार सम्प्रेषण गरेका थियौ ।
मे १७,२०२६ लाई “नेपाली हेरिटेज डे”
मेयर जोहरान माम्दानीद्वारा हस्ताक्षर गरिएको उक्त घोषणामा नेपाली-अमेरिकी समुदायले न्युयोर्क सहरको सामाजिक, सांस्कृतिक तथा विविधतायुक्त पहिचान निर्माणमा पुर्याएको महत्वपूर्ण योगदानको प्रशंसा गरिंएको भनी ब्याख्या गरिएको छ ।
मे १८,२०२६ का दिन नेपाल डे परेड २०२६ को आधिकारिक पेज मार्फत नेपाली मिडिया मार्फत न्युयोर्क सिटिद्वारा मे १७ लाई “नेपाली हेरिटज डे” घोषणा गरिएको सम्प्रेषित समाचार माथि ध्यानाकर्षण गराउदै लेखिएको प्रेश बिज्ञप्ती माथि सचेत हुदै र गराउदै बास्तविकता बारे खोज्ने प्रयत्न गर्दै हामी मकैहाउसन्युज.कमका टोलिले हिजो मे १८ का दिन सम्प्रेषण गरेको समाचार न्युयोर्क सिटीको कार्यालयबाट प्रदान गरिएको प्रोक्लेमेसनको आधारमा तयार गरेको हो ।
नेपाल डे परेडले प्राप्त गरेको प्रोक्लैमैसनमा देखिएको त्रुटीलाई सच्याउन आग्रह गर्दै न्युयोर्क सिटी मेयर कार्यालयलाई उक्त प्रोक्लेमेसन फिर्ता गरेको भनी जारी गरेको प्रेस बिज्ञप्ती यहा तल राखिंएको छ,

र नेपाल डे परेड संग नजिक रहेका एक आधिकारिक ब्यक्तीको सम्पर्कमा उहाले दिनुभएको जानकारी अनुसार बिगत २०१६ देखि नेपालको गणतन्त्र दिवसको अवसर पारी प्रवासमा रहेका नेपालीहरुलाई एकितृत गर्ने र नेपाली रितिरिवाज, कला, संस्कार, संस्कृतीको जगेर्ना र नेपाली पहिचानको प्रवासी भुमीमा स्छयित्करणका निमित्त हुदै आईरहेको सोहि मितिमा यस्तो गलत कुरा हो, एक अघी वा पछी गर्दा समस्याको बिषय हुदैन ।

समाचार सम्प्रेषणको हकमा :- हामिले समाचार सम्प्रेषण गर्नु पुर्व नेपालको मिडिया हाउसले सम्प्रेषण गरेको समाचार र प्रोक्लेमेसनमा लेखिएको शब्दकै आधारमा हामिले समाचार तयार गरेका हौ ।

